८ वैशाख २०८१ शनिबार
कला

कृ को नयाँ गीत सार्वजनिक

काठमाडौं – आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कृ’मा समावेश गरिएको नयाँ गीत ‘मैले जानी नजानी’ सार्वजनिक भएको छ । स्कटल्यान्डमा छायांकन गरिएको गीतमा फिल्मका नायक अनमोल केसी र नायिका अदिति बुढाथोकीले रोमान्स गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा अनमोलले गीतबाट आफू सन्तुष्ट रहेको बताए । नायिका अदितिले चिसो मौसममा गीत खिच्दा निकै गाह्रो भए पनि अहिले गीत हेर्दा त्यो गाह्रो बिर्सिएको बताइन् ।गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले निर्माण गरेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा श्री पराजुली सहनिर्माता हुन् ।
 

प्रकाशित: २३ माघ २०७४ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App