coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अनेरास्ववियुमा विवाद

काठमाडौं- महाधिवेशन सकिएको ६ महिना पनि नपुग्दै नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुभित्र विवाद देखिएको छ। फागुनमा भएको महाधिवेशनमा एकै समूहबाट प्रतिस्पर्धा गरेर निर्वाचित अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच कार्यविभाजनको विषयमा विवाद बढेको हो। अध्यक्ष लामाले स्थायी कमिटी बैठक राख्दै बहुमतले कार्यविभाजन गरेपछि उनीमाथि दबाब दिन महासचिव महरले भदौ पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाएका छन्।

अध्यक्ष लामालाई कार्यविभाजनमा महाधिवेशनमा फरक समूहबाट प्रतिस्पर्धा गरेकाले सहयोग गरेका थिए। अध्यक्ष लामाको पक्षमा उपाध्यक्ष रश्मी आचार्य, शैलेश लामा, सचिवहरू मकर खड्का र कोषाध्यक्ष झपिन्द्र खत्री छन् भने महासचिवलाई उपाध्यक्षहरू सुनिता बराल, महेश बर्तौला, सचिवहरू आरसी लामिछाने र समिक बडालको साथ छ।

महाधिवेशनमा लामा र महर दुवैले ओली–गौतमको प्यानलबाट प्रतिस्पर्धा गरेका थिए। लामालाई नेपाल समूहका सचिवहरू आरती लामा र सुदीप शर्माले साथ दिएका छन्। 'नेतृत्वलाई दबाब दिन मात्रै भेला बेलाएको जस्तो देखिन्छ, आन्तरिक तयारी सुरु गरेका छैनन्,' सचिव शर्माले भने, 'खासै विवादको विषय होइन।'

काभ्रेमा गत महिना भएको केन्द्रीय कमिटी बैठकमा कार्यविभाजनको सहमति जुट्न नसकेपछि स्थायी कमिटीलाई निर्णय गर्ने जिम्मेवारी दिएको थियो।

प्रकाशित: ३१ श्रावण २०७३ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App