coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

लर्ड बुद्धको पहिलो जित

काठमाडौं –  लर्ड बुद्ध क्रिकेट क्लबले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सोमबार पहिलो जित हात पारेको छ ।मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न समूह ‘बी’ को खेलमा लर्ड बुद्धले त्रिमूर्ति ब्वाइजलाई ६ विकेटले पराजित गरेको हो ।

त्रिमूर्तिले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य लर्ड बुद्धले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।
लर्ड बुद्धका एम श्रीवास्तवले अविजित ३९ र ज्योति भण्डारीले ३६ रन जोडे ।यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको त्रिमूर्तिले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो । त्रिमूर्तिका ओपनर जीवन लम्सालले ४८ र दीपेन्द्र मगरले ३६ रनको योगदान दिए । त्यस्तै सञ्जय तामाङले २८ रनको योगदान दिए ।त्यस्तै सोमबार सम्पन्न समूह ‘बी’ कै अर्को खेलमा रोयल पिसी फाइटर्सले आइओई पुलचोकलाई ६६ रनले हरायो ।

रोयलले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याएको आइओई १९.३ ओभरमा मात्र ९७ रनमै समेटिएको थियो ।आइओईका गौरव खड्काले सर्वाधिक ३१ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।यसअघि टस जित्दै सुरुआती ब्याटिङ रोजेको रोयलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६३ रनको लक्ष्य खडा गरेको थियो ।रोयलका लागि सुवास खकुरेलले अविजित ६६ रनको योगदान दिए ।

 

 

प्रकाशित: २३ माघ २०७४ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App