coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘आइसिपी’ चाँडै

वीरगन्ज अलौंस्थित नवनिर्मित आइसिपी । तस्बिर : रितेश- नागरिक

वीरगन्ज – नेपाल भारतको सिमामा बनेको बहुप्रतिक्षित ‘इन्टरग्रेटेड चेक पोष्ट’ (आइसीपी) अर्थात एकीकृत जाँच चौकी संचालन ल्याउन तयारी भइरहेको छ । फेब्रुअरी १० अर्थात माघ २७ मा संचालनमा ल्याउन वीरगन्ज उद्योग बाणिज्य संघले प्रस्ताव गरेको छ । यता सरकारी स्तरबाट तिथी नतोकिए पनि संचालनमा ल्याउने तयारी चाँही भइरहेको सरोकारवालाले बताएका छन् ।

छिटोभन्दा छिटो आइसिपी संचालनमा ल्याउन सबै सरोकारवाला पक्ष सहमत भएको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए । आइसिपीको भौतिक निर्माण कार्य भने पुृरा भइसकेको छ । ‘आजको आजै पनि यसलाई संचालनमा ल्याउन सकिन्छ, ९५ प्रतिशत बढी काम सकिसकेको छ,’ आइसिपीलाई सुपरिवेक्षण गरी रहेको भारतीय प्राविधिक परामर्शतादा कम्पनी राइट्सका समुहप्रमुख मनोज कुमारले भने, ‘सरसफाई लगायतका बाकी रहेका समान्य काम अहिले हुदैछ, त्यसले कुनै अवरोध हुने छैन्, हामी हस्तान्तरणका लागि तयार छौं ।’ द्विदेशीय सहमति अनुसार दशगजा वारीपारी एकसाँथ सुबिधासम्पन्न र उस्तै संरचना भएको आधुनिक तथा प्रविधीयुक्त भन्सार प्राङ्गण बन्ने योजना हो आइसिपी ।

करिब ५ सय करोड लागतमा तयार यो योजना संचानलनमा आउने तयारीसंगै उक्त क्षेत्रमा अतिरिक्त आर्थिक गतिबिधी तिब्र छ । आइसिपी आसपास होटेल, गोदाम, ट्रान्सपोर्ट कार्यालय जस्ता कुराहरुको स्थापना हुन थालेका छन् भने जग्गाको खरि बिक्री पनि बढेको छ । ‘आइसिपी राष्ट्र कै लागि महत्वपुर्ण परियोजना हो, यो संचालनमा आएपछि भन्सारलाई ब्यवस्थित गर्न र त्यसका बेथितीहरुको अन्त गर्न मिल्ने रहेछ,’ पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले भने, ‘आइपिपी तयार भएपछि अब यसको संचालनको लागि तयारी हुदैछ, मिति नै तोकि नसकिए पनि संचालनका लागि बिभिन्न स्तरमा समन्वय हुदैछ ।’

आइसिपी सुरु भएपछि वीरगन्ज भन्सार त्यहाँबाट संचालित हुनेछ । ‘भन्सारको कारोबार त्यहाँ लैजान हामी तयार छौं, यस भन्सारबाट भइरहेको ब्यपार त्यहाँबाट संचालन हुने हो,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेबन्तक पोखरेलले भने, ‘आइसिपी संचालनमा आउने कुरा दुई देशको विचको विषय भएकोले यसबारे माथिल्लो स्तरबाट औपचारिकता   गरिनु पर्ने हुन्छ, ति सबै पुरा भएपछि संचालनमा आउने छ ।’ दुई देशका पराराष्ट्र तथा बाणिज्यका अधिकारीहरुले तय गरे अनुसारको तिथी मितिमा आइसिपी संचालनमा आउने हो ।

यसैविच गत साता नाकामा रहेका वीगन्ज भन्सार, सुक्खा बन्दरगाह भन्सार, रक्सोलस्थित भारतीय भन्सार र वीरगन्ज उद्योग बाणिज्य संघ लगायत सिमा आरपारका पक्षहरुविच एउटा समन्वय बैठक गरिएको छ । ‘बैठक धेरै महत्वपुर्ण रह्यो, नेपाल र भारत दुबैतिरका सरोकारवालाविच भन्सारसंग सम्बन्धीत विषयका बिविध पक्षमाथी छलफल भयो,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले भने, ‘आइसिपी संचालन मुख्य विषयबस्तु रह्यो रक्सोलस्थित भारतीय भन्सारका अधिकारीहरु आइसिपी संचालनमा उनीहरुको पाटोबाट हुने भुमिका गर्ने तयार देखिएका छन्, पेट्रोलिय इन्धन बाहेक अन्य कार्गो आइसिपी भएर ल्याउने सकिने देखिन्छ ।’
इन्धन बारे
नेपाललाई पेट्रोलिय इन्धन आपुर्ती गर्ने सिमावर्ती भारतीय सहर रक्सोलमा रहेको ‘इण्डियन आयल कर्पोरेशन’ (आइओसी) को डिपो र नवनिर्मित भारततर्फको आइसिपी जोड्ने सम्पर्क मार्ग भरपर्दो र सहज नभएकोले आइपिसपी सुरु भए पनि पेट्रोलिय इन्धन भने हाललाई साबिककै नाकाबाट आउने भएको छ ।

उक्त डिप्पो मोतिहारी नजिकको छापरा बहास भन्ने ठाउँमा सार्न त्यहाँ नयाँ डिप्पो निर्माण भइरहेको छ । त्यस कारण आइओसीले रक्सोल डिपोको लागि कुनै बिशेष योजना भने ल्याएको छैन् ।नेपालको पेट्रोलिय इन्धन आपुर्तीका लागि मोतिहारी, रक्सोल अमलेहगञ्ज पाइपलाइन निर्माण कार्य अघि बढीरहेको छ । मोतिहारीमा डिपो सार्ने र पाइपलाईनबाट नेपाललाई पेट्रोलिय इन्धन आपुर्ती गर्ने दुई योजना एक साँथ प्रगतिमा रहेकोले पेट्रोलिय इन्धन आपुर्ती सम्बन्धी विषय हाललाई देखिए पनि पछि समस्या नहुने अधिकारीहरुको बुझाई छ ।
सम्पर्क सडकमा सकस
आइसिपीलाई चाहिए अनुसारको सडक त्यहाँ जोड्न सकिएको छैन् । त्यहाँ भएको साबिक सडक फाराकिलो बनाउनु पर्ने छ ।’ पर्साको अलौंमा एक सय १५ बिगहामा अहिले नेपालतर्फको आइसिपी र एक सय १० बिगहामा १ बर्ष अगाडी भारततर्फको आएसिपी संरचना बनेर तयार छ । दशगजा वारी र पारी गरेर सावा दुई सय बिगहामा तयार भएको आइसिपीबाट नेपालतिर निकासी हुने बाटो साघुँरो छ । आइसपीबाट निस्किने सय फिट चौडा बाटो बनेर संगसंगै तयार भइसकेर वीरगन्ज–पोखरिया सडकखण्डको हुलाकी राजमार्गमा जोडिएको छ । आइसिपीको निकास बाटो जोडिएको हुलाकीको सडकखण्ड भने २ लेनको साँघुरो छ । आइसिपीको निकास सडक आएर जोडिने ठाउँदेखखि सिर्सिया चोकसम्मको ६ सय १० मिटर सडकखण्ड फराकिलो नबनाई नहुने प्रजिअ सिंहले बताए ।

६ सय १० मिटर वर यता सिर्सिया चोकसम्म पहिलेदेखी नयाँ पाइपास सडक छ जुन अहिले ‘पथलैया वीरगन्ज ६–लेन’ योजनामा परेर अझ फराकिलो बन्न लागेको छ । आइसिपीको निकासबिन्दु र ६ लेनको अन्तिमबिन्दुको बिचमा ६ सय १० सय मिटर खण्ड पनि ६ लेन बनाउने ठेक्का समेत भइसकेको छ । पहिलेको साबिक हुलाकी सडकको जग्गा ३० मिटर मात्र छ । त्यसलाई ६ लेनको लागि ५० मिटर बनाउन स्थानीयको जग्गा अधिग्रहण गरिदैछ ।

‘६ बिगहा १ कट्ठा जग्गा अधिग्रहण गर्नु परिरहेको हो, ६२ लाख रुपैया प्रति कट्ठाको दरले मोअब्जा दिने निर्णय पनि भइसकेको छ,’ प्रजिअ सिंहले भने, ‘मोअब्जा वितरण गर्ने काम चाँडै सकिने छ । त्यसपछि सो खण्डमा सडक चौडा बन्ने छ ।’ ठाउँ पाउने बितिकै आफुहरुले काम थालिहाल्ने तयारीमा रहेको र तीन महिनाभित्र सडक निर्माण गरेर दिन सक्ने निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका संचालक सुमित रौनियारले बताए । बोतलको घाँटी जस्तो भएको उक्त ६ सय १० मिटर सडकखण्ड बन्दै गर्छ तबसम्म भएकै सडकबाट काम चलाउने गरी आइसिपी संचालनमा ल्याउने मनसायमा सरोकारवाला पुगेका छन् ।

 

प्रकाशित: २३ माघ २०७४ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App