coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीमा भट्ट निश्चित

धनगढी –प्रदेश नम्बर ७ मा माओवादी केन्द्रका डोटी निर्वाचन क्षेत्र (ख)बाट प्रदेशसभामा निर्वाचित त्रिलोचन भट्ट मुख्यमन्त्री हुने निश्चित भएको छ । आइतवार प्रदेशसभाको पहिलो बैठकअघि माओवादी केन्द्रको प्रदेशसभा सदस्य बैठकमा उनको पक्षमा भारी समर्थन देखिएको छ । आइतबार बिहान सम्पन्न बैठकमा १४ सदस्यमध्ये भट्टको पक्षमा १२ जनाले समर्थन जनाएका थिए। कैलालीका प्रदेशसभा सदस्य वीरभान चौधरी र दार्चुलाका प्रदेशसभा सदस्य सन्तोष धामी गरी दुई जनाले भने समर्थन जनाएनन्। त्रिलोचन भट्टको पक्षमा समर्थन नजनाएर दुई जना सदस्य बैठकबाट बाहिरिएको बैठक स्रोतले बताएको छ। भट्टको पक्षमा १२ जनाको समर्थन भए पनि बैठकले निर्णय भने गरेको छैन । ‘त्रिलोचन भट्ट मुख्यमन्त्री हुने निश्चित भएको छ,’ माओवादी केन्द्रका प्रदेश ७ इन्चार्ज लेखराज भट्टले भने, ‘संसदीय दलको बैठकमा उनको पक्षमा सर्वसम्मत हुन्छ।’

माओवादी केन्द्रको प्रदेश ७ कार्यालयले मुख्यमन्त्रीका लागी भट्टको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । माओवादीको केन्द्रिय समितिले मुख्यमन्त्रीको टुंगो लगाउने छ । प्रदेशसभा सदस्यहरुको भारी समर्थन रहेको र माओवादीको प्रदेश कार्यालयले पनि भट्टको नाम सिफारिस गरेकाले धेरैले आकलन र अनुमान गरे बिपरित इमान्दार र सरल छवि रहेका त्रिलोचन भट्ट प्रदेशसभा ७ को ऐतिहासिक पहिलो मुख्यमन्त्री हुने निश्चित भएको छ । ‘मुख्यमन्त्रीका लागी सर्वसम्मत वाट टुंगो लगाइने छ,’ उनले भने, ‘मैले पार्टीमा इमान्दार भएर निरन्तर काम गरेकाले मुख्यमन्त्रीका लागी पार्टीले मलाई जिम्मेवारी दिने विश्वास गरेको छु ।’
यसअघि कैलाली निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभा सदस्य रहेका वीरभान चौधरी र झपट बोहराको मुख्यमन्त्रीमा चर्चा चलेको थियो।
प्रदेश ७ मा दोस्रो ठूलो दल रहेको माओवादीको भागमा मुख्यमन्त्री परेको छ । प्रत्यक्ष र  समानुपातिक गरेर माओवादीका १४ जना प्रदेशसभा सदस्य छन्।

राजधानीका दिपायलमा हुनुपर्ने भन्दै डोटीमा आन्दोलन पनि चलिरहेकाले प्रदेश राजधानी तराई भएपछि सन्तुलन मिलाउन त्रिलोचन भट्टलाई सिफारिस गरिएको भाटले बताए।

माओवादी केन्द्रको हेडक्वार्टर भट्टलाई मुख्यमन्त्री बनाउन सहमत भएपछि माओवादी केन्द ७ को प्रदेश कार्यालयले मुख्यमन्त्रीका लागि उनको मात्र नाम सिफारिस गरेको हो । प्रदेश कार्यालयका इन्चार्ज लेखराज भट्ट र प्रदेश कार्यालय संयोजक लक्ष्मणदत्त जोशीको संयुक्त हस्ताक्षरमा उनको नाम केन्द्रमा सिफारिस गरिएको छ।

हेडक्वार्टरको इच्छा पनि त्रिलोचन भट्टलाई नै मुख्यमन्त्री बनाउने भएकाले प्रदेश ७ कार्यालयले १ जना उनको मात्र नाम सिफारिस गरेको माओवादी पोलिटब्यूरो सदस्य तथा प्रदेश कार्यालयका सदस्य सरल भाटले बताए । हेडक्वार्टरको इच्छा र प्रदेश कार्यालय संयोजक भट्टलाई मुख्यमन्त्री बनाउन राजी भएकाले संसदीय दलको बैठकमा यसअघि मुख्यमन्त्रीको दाबेदार रहेकाले समेत उनलाई समर्थन गरेका थिए । यसअघि वीरभान चौधरी, सन्तोषधामी, झपट बोहरा, अक्कल रावल र भट्ट गरी ५ जनाले मुख्यमन्त्री हुने चाहाना राखको थिए।

राजधानीका दिपायलमा हुनुपर्ने भन्दै डोटीमा आन्दोलन पनि चलिरहेकाले प्रदेश राजधानी तराई भएपछि सन्तुलन मिलाउन त्रिलोचन भट्टलाई सिफारिस गरिएको भाटले बताए । अहिलेका सभासदमा त्रिलोचट भट्ट सिनियर र पार्टीमा इमान्दार भएर काम गरेको व्यक्ति भएको उनको भनाइ छ । ‘पहाड र तराईबीचको सन्तुलन मिलाउन इमान्दार भएर काम गरेका अरुभन्दा सिनियर भट्टलाई मुख्यमन्त्री बनाउने हेडक्वार्टरको पनि चाहाना देखिएको छ,’ उनले भने।

पैसा हुनेले मात्र राजनीतिमा पद पाउने विकृती बढिरहेका बेला इमान्दार, सरल र आर्थिक रूपमा समान्य अवस्था रहेका भट्टको मुख्यमन्त्रीको यात्रालाई एकथरीले इमान्दार भएर राजनीती गर्नेका लागि उत्साह र प्रेरणा बन्ने तर्क गरेका छन् । ‘भट्ट मुख्यमन्त्री हुने निश्चित भएपछि इमान्दार र पैसा नहुने पनि पदमा पुग्न सक्छन् भन्ने सकरात्मक सन्देश पनि गएको छ,’ डोटीका सिद्धराज भट्टले भने।

उनी चुनाव लड्ने बेला नै विपक्षीले ‘चौकिदार’ले नेतृत्व गर्न सक्तैन भन्दै उनलाई कमजोर पात्रको रूपमा चित्रित गर्ने प्रयास गरेको उनको भनाइ छ।

आर्थिक अवस्था कमजोर भएकाले उनले पढाइ गर्ने कलिलो उमेरमै रोजगारीका लागि भारततिर गएका थिए । मुम्बइको एक निजी कम्पनीमा केही वर्ष उनले काम गरे । गरिबीको पीडा देखेका र भोगेका उनमा समाजको गरिबीविरुद्ध लड्ने अठोट पलायो । २०५६ सालमा काम छोडेर पार्टीको पूर्णकालीन सदस्य भएर लागे । भट्टले २०४७ सालदेखि पार्टीको सदस्यता लिएको बताएका छन्।

उनी २०६१ सालमा डोटी आएर जिल्लाको जिम्मेवारी सम्हालेर काम गरेका हुन् । पार्टीको जिल्लाको सचिव, सहइन्चार्ज र जिल्ला इन्चार्जको भूमिका उनले निर्वाह गरे । उनी माओवादीवाट २०६४ र २०७२ सालमा संविधानसभा चुनाव लडेर पराजित भएका थिए । डोटीवाट नेपाली कांग्रेसका योगेन्द्र शाहीलाई हराउँदै उनी प्रदेशसभा सदस्य जितेका हुन् । पहिलो बैठकमा नै समाजमा रहेको गरिबी, उत्पीडन हटे मात्र संघीयताको मूल मर्म पूरा हुने र भ्रष्टाचार शून्यमा झारेर समृद्धि हासिल गर्ने उनको प्रणलाई सर्वसधारणले चासोका साथ हेरेका छन्।

डोटीबाट प्रदेशसभा सदस्य जितेका भट्ट पार्टीको डोटी इन्चार्ज र माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन्।  
५३ जना प्रदेशसभा सदस्य रहेको यस प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ सदस्य छन्।

प्रकाशित: २३ माघ २०७४ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App