५ वैशाख २०८१ बुधबार
अर्थ

बनेपामा फ्रोजन फुड मार्ट

बनेपा – पुराना मासु व्यवसायी अर्जुन शाहीले मासु उपभोक्ताहरु लक्षित गर्दै एस एन्ड एस फ्रोजन फुड मार्ट सञ्चालनमा ल्याएका छन्।

‘१५ वर्षदेखि परम्परागत ढंगले मासु व्यवसाय गर्दै आएको थिएँ ।उपभोक्ताहरुको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर फ्रोजन फुडहरुमात्रै उपलब्ध गराउन मार्ट खोलेको हुँ,’ शाहीले भने ।बनेपा–७ बखुँहिटी मार्गमा सञ्चालनमा ल्याइएको फ्रोजन मार्टमा शाहीले ३० लाख रुपैयाँ लगानी गरेका छन् ।
मार्टमा सबैखाले मासु (मटन, पोर्क, बफ) र सी फुड्स फ्रोजन गरेरमात्रै बिक्री वितरण हुने उनको भनाइ छ, ‘फ्रोजन गरेको मासु खाने चलन नभएको अवस्थामा उपभोक्तालाई यसबारे जानकारीसमेत गराउँदै व्यवसाय गर्ने मेरो लक्ष्य हो,’ उनले थपे ।

बनेपा नगरपालिकामा व्यवस्थित बधशाला सञ्चालनका लागि विगतमा प्रयासरत रहेका शाहीले सो बधशाला सञ्चालनमा नगरपालिकाले उदासीनता देखाएपछि निजी लगानीमा व्यवस्थित बधशालाको योजनासमेत बनाएका छन् ।‘मासु जाँच ऐनले तोकेअनुसार बधस्थलमै पशु बध गरेर गुणस्तरीय मासु तयारी गर्दै फ्रोजन गरेरमात्र यसै मार्टमा उपलब्ध गराउँदैछु,’ उनले थपे ।
 

प्रकाशित: २३ माघ २०७४ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App