७ वैशाख २०८१ शुक्रबार
अर्थ

बागलुङ बजारमा सिद्धार्थ बैंक

काठमाडौं – सिद्घार्थ बैंकले बागलुङको बागलुङ बजारमा नयाँ शाखा विस्तार गरेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

यस शाखाबाट बैंकका अन्य शाखाबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत बैंकिङ सेवा लिन सकिने बैंकले जनाएको छ ।हालै बैंकले देशभर ९२ शाखा, तीन एक्स्टेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवा, एक सय पाँच एटिमबाट बैंकिङ सेवा दिँदै आएको बैंकले जनाएको छ । आव ०७४-७५ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड र कर्जा लगानी ७६ अर्ब ९५ करोड गरेको बैंकले जनाएको छ । पुस मसान्तसम्म बैंकले खुद मुनाफा ७७ करोड गरेको जनाएको छ ।
 

प्रकाशित: २३ माघ २०७४ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App