८ वैशाख २०८१ शनिबार
अर्थ

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

ताप्लेजुङको कञ्चनजंगा क्षेत्रको प्राकृतिक दृश्य ।

काठमाडौं – पाथीभरा मन्दिर र कञ्चनजंघा क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने पाथीभरा पर्यटन महोत्सव हुने भएको छ । धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको  कञ्चनजंघा क्षेत्रको प्रवद्र्धनका लागि फागुन एक देखि तीन गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।

ताप्लेजुङका प्रतिनिधि सभाका सांसद तथा नेकपा एमालेका नेता योगेश भट्टराइले पाथीभरा आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको बताए । यस क्षेत्रको प्रचारप्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै ताप्लेजुङको चौतर्फी विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।‘ताप्लेजुङ सांस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युतको पकेट क्षेत्र हो,’ उनले भने,‘यस क्षेत्रको समृद्धिका लागि विश्वाल तमोर जलाशय (७०० मेगावट) निर्माण गर्दैछौं । सुकेटारको विमानस्थललाई व्यवस्थित ढंगले सञ्चालन गर्ने तयारी भएको छ । यस्ले पाथीभराको सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’

‘अहिले पाथीभरा पुग्न बाटोका कारण समस्या छ, तर वैकल्पिक मार्ग तयारी गरिरहेका छौं । अबको चार वर्षभित्र वैकल्पिक मार्ग सम्पन्न गर्नेछौं,’ उनले भने । उनका अनुसार पाथीभरालाई अन्तर्राष्ट्रिय तहमा प्रचारका लागि केबलकार जडानको थालनी भएको छ ।फुङलिङ नगरपलिका सैनिक खेलमैदान तोक्मे डाँडामा हुने मेला करिब ३० हजार दर्शकले अवलोकन गर्ने ताप्लेजुङ सरोकार केन्द्रका संयोजक टंक श्रेष्ठले जानकारी दिए ।

यस क्षेत्रमा पाँच हजार मिटर माथिका चारवटा हिमाल छन् । लिम्बूहरुको पवित्र भूमि फक्तालुङ बौद्धमार्गीको ऐतिहासिक दिकिछ्योलिङ गुम्बा समेत रहेको छ । यहाँ दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र वनस्पति पाइन्छन् । पाथीभरामा प्रत्येक वर्ष तीन लाखभन्दा बढी पर्यटक आउने गरेको आयोजकले जनाएको छ ।
महोत्सव २०६३ सालदेखि हुँदै आएको छ । यस्तै, २०६५ देखि पाथीभरा गाइड्स म्याराथन समेत हुँदै आएको छ । १० वर्षअघि पाथीभरा क्षेत्रमा ५० हजारको हाराहारीमा दर्शनार्थी आउने गरेको आयोजकको भनाइ छ । महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

पाथीभरामा संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, सुनसरी, मोरङ लगाएत नेपालको पूर्वी भागका श्रद्धालुको साथै कालिङपोङ, दार्जिलिङ, सिक्किम, आसाम लगायतका भारतका विभिन्न ठाउँका भक्तजन आउने गरेका छन् ।३७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धार्मिक गन्तव्यको रुपमा लिने गरेका छन् । पाथीभरा क्षेत्रमा ४५ मध्ये २८ प्रजातिका लालिुगराँस र एक सयभन्दा बढी प्रजातिको सुनाखरी पाइने गरेका छन् । यस क्षेत्रमा तमोर, काबेली, मेवा, मैवा, फावा र तावा जस्ता जलविद्युत उत्पादनको क्षमताको पावरहाउस रहेको छ ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स पाथीभरा म्याराथन, विविध सांस्कृतिक झाँकी, खेलकुद कार्यक्रम, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम र स्थानीय मौलिक खाना समेत आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।पाथीभरा मन्दिर संरक्षण तथा सम्र्वद्धन समितिका सचिवका अनुसार यस महोत्सवका लागि करिब ३८ लाख बजेट अनुमान गरेको छ ।यसमा मुख्य प्रायोजकमा हिमालयन गाइड्स नेपाल टे«क्स एन्ड एक्सपिडिसन रहेको छ भने  महोत्सव प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेका छन् ।

 

 

प्रकाशित: २३ माघ २०७४ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App