coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा विद्यालय भर्ना अभियान शुरु

जुम्लाको ज्ञानकुञ्ज माविका विद्यार्थी पिटी खेल्दै । तस्बिर ट्ठ नागरिक

जुम्ला – विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको जुम्लामा भर्ना अभियान शुरु भएको छ। हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु भएको हो। मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो सातासम्म जुम्लाका विद्यालयमा हिउँदे विदा गरिँदै आएको छ। 

गुणस्तरीय, समावेशी र समतामुलक शिक्षा समृद्धिको आधार, शिक्षामा पहुँच सबै बालबालिकाको अधिकार, भन्ने नाराका साथ जिल्लाभर भर्ना अभियान शुरु भएको हो। जिल्ला स्थित सवै स्थानीय तह संग समन्वय गरेर विद्यालय भर्ना अभियानलाई प्रभावकारी वनाउदै लैजाने जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ। 

भर्ना अभियानलाई सार्थक र सफल वनाउनको लागि अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको भुमिका अहम हुने भएको हो। भर्ना अभियान फागुन १० गतेसम्म चल्ने भएको छ। विद्यालयको पहुँचमा बालबालिकालाई पुरयाउनको लागि अन्तरक्रिया कार्यक्रम, घरदैलो  अभियान, प्रसारप्रचार लगायतका विभिन्न कार्यक्रम तय गरिएको छ। जिल्लास्थित शिक्षासंग सरोकार राख्ने गैरसरकारी संस्थासंग समन्वय गरेर भर्ना अभियानलाई फलदायी बनाउने प्रयास गरिएको शिक्षा कार्यालय जुम्लाले जनाएको छ। किडार्क नेपाल, आत्मसम्मानका लागि सहकार्य, सिडिपी र पेस नेपाल लगायतका सामाजिक संघ संस्थाले वालवालिकाको भविष्य सुधार्न जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। 

‘अझै पनि गरिब तथा विपन्न र अपांगता भएका बालबालिका विद्यालयको पहुँचमा आउन सकेका छैनन,’ निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देवकोटाले भने, ‘यो वर्षको भर्ना अभियानलाई छुटेका सबैलाई विद्यालयसम्म पुर्याउन हरसंभव प्रयत्न हुने छ।’ उनका अनुसार २ दशमलव २ प्रतिशत बालबालिका विद्यालयको पहँचमा आउन सकेका छैनन्। यो वर्षदेखि गाउँपालिका र नगरपालिका मार्फत भर्ना अभियानलाई जोडेर लिन आग्रह गरिएको छ। 

सिंहदरबारको अधिकार गाउँसम्म पुगिसकेकोले शिक्षाका सबै क्रियाकलाप गाउँपालिका र नगरपालिका स्तरमा हुने भएका छन्। स्थानीय तहले विद्यालय वाहिर रहेका वालवालिकाको तथ्यांक संकलन गरि विद्यालय सम्म पुर्याउनको लागि कार्यक्रम तर्जुमा गर्नेमा निमित्त जिल्ला शिक्षा अधिकारी देवकोटाले विश्वास व्यक्त गरे। स्थानीय तहले विद्यार्थीलाई स्कुलसम्म ल्याई पुर्याउनको लागि आफ्नो अनुकुलताका योजना तयारी गर्नु पर्ने शिक्षा सम्वन्धी जानकारहरु बताउछन्। 

प्रकाशित: २२ माघ २०७४ १६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App