८ वैशाख २०८१ शनिबार
समाज

ऐतिहासिक परिचय झल्किने ‘मेयङ’

सदरमुकाम म्याङलुङमा ऐतिहासिक परिचय झल्किने ‘मेयङ’ अर्थात् ‘विरालो’ ढुंगाको स्तम्भ । तस्बिर : नागरिक

तेह्रथुम – सदरमुकाम ‘म्याङलुङ्ग’को ऐतिहासिक परिचय झल्किने ‘मेयङ’ अर्थात् ‘विरालो’ ढुंगाको स्तम्भ निर्माण अन्तिम चरणमा पुगेको छ। म्याङलुङ नगरपालिकाको पहचानसंग जोडिएको बिरालो ढुंगाको स्तम्भ अन्तिम चरणमा पुगेको हो।

स्तम्भसंगै पार्क पनि निर्माण गरिने तथा स्तम्भमा घण्टैपिच्छे ‘विरालो कराउने’ प्रविधि समेत जडान गरिने भएपछि यसले समेत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषित दिलाउने किरात याक्थुङ चुम्लुङका सचिब तेजमान कन्दङवाले बताए। पूर्वका बिभिन्न जिल्लामा बनेका स्तम्भहरु मध्ये महत्व पूर्ण रहेको यो स्तम्भको बिषेशता नै घण्टै पिच्छे बिरालो कराउनु हो। यो स्तम्भमा कति बच्छ त्यति पटक नै म्याउ गरेर बिरालो गराउनु निर्माण समितिले जनाएको छ।

स्तम्भ निर्माणका लागि म्याङलुङ्ग नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर अहिलेसम्म कुल १९ लाख बढि रुपैयाँ खर्च भइसकेको चुम्लुङका सचिव  कन्दङवाले बताए। स्तम्भ निर्माणका लागि देश–विदेशबाट रसिद सहयोगमार्फत करिब ९ लाख रुपैयाँ जम्मा भएको छ। स्तम्भ निर्माणकालागि अझै करिब साढे ७ लाख रुपैयाँ खर्च अभाव भएको चुम्लुङले जनाएको छ। साबिक गाबिस हालको नगरपालिकाको नामाङ्कनसंग जोडिएको यो स्तम्भ ‘मेयङलुङ निर्माणको काम अन्तिम चरणमा पुगेको किराँत याक्थुङ चुम्लुङ, जिल्ला शाखा अध्यक्ष गणेश सेनेहाङले बताए। लिम्बू भाषाको शब्द मेयङको अर्थ बिरालो’ र लुङको अर्थ ढुंगा’ भन्ने हुन्छ। 

पूर्वका विभिन्न बजारहरुमा पर्यटकीय आकर्षण वृद्धि गराउने उदेश्यले पहिचान झल्कने स्तम्भ निर्माण गर्नेक्रम बढेपछि चुम्लुङको अगुवाईमा म्याङलुङ्गमा पनि यहाँको ऐतिहासिक पहिचान दिने स्तम्भ निर्माण भएको होे। बजेट नहुँदा समयमै निर्माण कार्य नसकिएको अध्यक्ष सेनेहाङले बताए। आवश्यक रकम जुटाई यथासिर्घ स्तम्भ निर्माण कार्य सम्पन्न गरि आगामी माघमा चुम्लुङ जिल्ला अधिबेशनसंगै उद्घाटन गरिने अध्यक्ष सचिव कन्दङवाले जानकारी दिए। 

आदिम कालमा स्थानिय नागदह भन्ने ठाउँमा एक बटुवाले खाना पकाउन प्रयोग गरेको ढुंगा अकस्मात कम्पन हुन थालेको र काम्ने क्रम नरोकिएपछि बटुवाले रिसाउँदै खुकुरीले उक्त ढुंगालाई प्रहार गर्दा त्यहि ढुंगा बिरालोमा परिणत भई म्याउ गरि कराएकोले तत्कालिन किराँती राजाले त्यो त्यही ढुंगालाई पूजा गर्दै आएको मन्दिर नै हाल मेयङलुङ भगवती देवी मन्दिर भएको किंवदन्ती छ। 

सोही आधारमा मेयङलुङ्गबाट अपभ्रंश भएर यस ठाउँको नाम म्याङलुङ्ग भएको पूर्व सांसद तेजमान तुम्बाहाङफे बताए। पूर्वका पहाडी सहरहरूमा हरेक वर्ष फरक–फरक प्रकृति र पहिचान बोकेका स्तम्भहरू धमाधम निर्माण भइरहेका छन्। स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहरै चलेको छ।  धनकुटाको भेडेटारमा शंख, हिलेमा तोङ्बा, लालीगुराँस नगरपालिकाको बसन्तपुरमा गुराँसको रुख, लसुनेमा लसुनको पोटी, शनिश्चरेमा यलम्बर, आठराई गाउँपालिकाको संक्रान्ति बजारमा फाल्गुनन्दको स्तम्भ बनेका छन्। 

प्रकाशित: २२ माघ २०७४ १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App