८ वैशाख २०८१ शनिबार
समाज

आकाश थापा हत्यामा संलग्न नौ युवक पक्राउ

तनहुँ—शनिबार दिउँसो भएको एक युवकको हत्यामा संलग्न नौ युवकलाई जिल्ला प्रहरी कार्यालय, तनहुँले आज पक्राउ गरेको छ।

ब्यास नगरपालिका–१० बिसघरे निवासी १८ वर्षीय आकाश थापालाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएकामा थापाको उपचारका क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको थियो।

मृतक थापालाई जिल्ला प्रशासन कार्यालय अगाडि सात/आठ जनाको समूहले धारिलो हतियार प्रहार गर्दा ढाडमा गहिरो चोट लागेको थियो। उक्त घटनामा संलग्न युवामा ब्यास नगरपालिका–१ भादगाउँ र हाइस्कुलटार क्षेत्रका सुरेश थापामगर, कुमार थापा, मनिष चन्द, श्रीविलास चन्द, पृथ्वीवंशी ठकुरी, ऋषि थापा, पदम चन्द, जोनसन थापा र बाबुराम ठकुरी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका नौ जना १५/१६ वर्षका रहेका र उनीहरुका साथबाट दुई वटा खुकुरी र एक थान चक्कुसमेत बरामद गरिएको छ।

उनीहरुलाई शनिबारदेखि नै लागू हुनेगरी तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक सातदिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७३ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App