६ वैशाख २०८१ बिहीबार
अर्थ

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

नेपालगन्ज -  नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव–२०७४ सोमबार समापन भएको छ। समापन समारोहमा बोल्ने बक्ताले संघियता कार्यान्वयनमा आएपछि देशमै पहिलो पटक नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव सफल भएको दाबी गरे। महोत्सवमा २ करोड बढीको कारोबार भएको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ। 

जयमंगलम सिमेन्ट्स प्रालिको मुख्य प्रायोजन र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही माघ ११ गतेदेखी कारकाँदोस्थित सडक विभाग परिसरमा महोत्सव सञ्चालनमा आएको थियो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको महोत्सवको प्रदेश नम्बर ५ का एमाले संसदिय दलका नेता एवम् भावी मुख्यमन्त्री शंकर पोखरेलले समापन गरे।

तीन सय २१ स्टल रहेका उक्त महोत्सवलाई एक लाख बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ। महोत्सवबाट १ करोड बचत गर्ने लक्ष्य लिईएको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए। ‘एकिन हिसाब किताव गर्न बाँकी छ, यसको आय–व्यय पछि सार्वजनिक गर्छौ,’ बैश्यले भने। महोत्सव समापन कार्यक्रममा सोमबार नृत्य तथा हास्यव्यंग्य प्रस्तुत गरियो। 

चर्चित हाँस्य कलाकार दमन रुपाखेतीले समापन कार्यक्रमका अतिथी एवम् दर्शकलाई पेट मिचिमिची हसाएँ। रुपाखेतीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपालको बोलीको व्यंग्य पनि गरेका थिए।

प्रकाशित: २२ माघ २०७४ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App