७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साढे १३ अर्ब बजेट

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवाले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि १३ अर्ब ४५ करोड रुपैयाँ प्रस्ताव गरेका छन्। सोमबार सरकारी निवास बालुवाटारमा बसेको प्रतिष्ठानको पहिलो बैठकबाट प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले उक्त रकम प्रस्ताव गरेका हुन्।

अर्थ मन्त्रालयमार्फत उक्त बजेट प्रतिष्ठानका लागि निकासा हुने छ। साथै ७८ करोड रूपैयाँ चालु आर्थिक बर्षका लागि पनि पास गरिएको छ। बैठकले हाल कायम राप्ती उपक्षेत्रीय अस्पतालको सम्पूर्ण प्रशासनिक अधिकार लगायत चल अचल सम्पत्ति प्रतिष्ठानलाई हस्तान्तर गर्ने निर्णय पारित गरेको छ। 

बैठकले प्रतिष्ठानको नियमावलीमा एकरूपता ल्याउने उद्देश्यका साथ स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले एक हप्ताभित्र नियमावलीलाई एकरूपता दिलाउने र त्यसलाई स्वास्थ्य मन्त्रालयले पारित गर्ने निर्णय पनि गरिएको छ। 

हालको नियमावलीमा धेरै पुनरविचार गर्नुपर्ने देखिएपछि त्यसलाई अन्य प्रतिष्ठानको नियमावलीसंग एकरूपता ल्याउनका लागि समिति गठन गरिएको राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जनार्दन पन्थीले बताए। 

बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैले अस्पताल निर्माण गर्न सक्नुपर्ने वताएका थिए। उनले प्रतिष्ठानका हरेक खाले समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको समेत बताएका थिए। प्रतिष्ठानमा जनशक्तिको व्यवस्थापनका लागि सरकार तयार रहेको प्रधानमन्त्री देउवाले बताए। 

प्रकाशित: २२ माघ २०७४ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App