८ वैशाख २०८१ शनिबार
खेल

बुढासुब्बा गोल्डकप : काँकडभित्तालाई हराउँदै पुलिस सेमीफाइनलमा

धरान – धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। प्रदेश रंगशालामा भएको खेलमा काँकडभित्ता क्लबलाई २–० गोलले पराजित गर्दै पुलिस सेमीफाइनलमा पुगेको हो।

खेलको २० औं मिनेटमा काँकडभित्ताका विकास थुलुङले आफ्नै पोष्ट गोल गर्दा अग्रता लिएको नेपाल पुलिसका लागि ६४ औं मिनेटमा सुमन लामाले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। खेलमा थप गोल हुन नसकेपछि पुलिस २–० गोलले विजयी हुँदै सहजै सेमीफाइनलमा पुग्यो। आजको खेलमा पुलिसका लामा ‘म्यान अफ द म्याच’ घोषित भए। 

यसअघि मनाङ मर्स्याङ्दीलाई हराउँदै संकटा र आयोजक धरानलाई हराउँदै भारतको पाहुना टोली दुर्गापुर स्टिल सेमीफाइनलमा प्रवेश गरिसकेका छन्। 

अब अर्को क्वाटरफाइनल खेल भोलि केएफटिसी झापा ११ र सुदूरपश्चिम खप्तडबीच हुनेछ। 

प्रतियोगितामा आयोजक धरान क्लबसहित मनाङ मर्स्याङ्दी, थ्री स्टार, संकटा, नेपाल पुलिस, सुदूरपश्चिम खप्तड, भारतको दुर्गापुर स्टिल एफसी कलकत्ता, केएफटिसी झापा ११ गरी ८ टिमको सहभागिता छ।

प्रकाशित: २२ माघ २०७४ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App