१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

नेविसंघ महाधिवेशन नरोकिने, मंगलबार चुनाब

काठमाडौं— नेविसंघ महाधिवेशन गराउने जिम्मेवारी पाएको निर्देशक समितिका संयोजक डा.प्रकाश शरण महतले महाधिवेशन कुनै हालतमा पनि नरोकिने र मंगलबार चुनाब हुने बताएका छन्।

रामचन्द्र पौडेल समूहले भागबण्डामा सहभागिताको बखेडा झिकेर चुनाबी प्रक्रिया रोक्न माग गर्दै आएको छ। यसै सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक महतले भने, 'कुनै हालतमा पनि महाधिवेशन रोकिँदैन। पर्सी मंगलबार चुनाब हुन्छ।'

रामचन्द्र पौडेल समूहले भागबण्डामा सहभागिताको बखेडा झिकेर चुनाबी प्रक्रिया रोक्न माग गर्दै आएको छ। यसै सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक महतले भने, 'कुनै हालतमा पनि महाधिवेशन रोकिँदैन। पर्सी मंगलबार चुनाब हुन्छ।'

फर्जी प्रतिनिधि छनौट गरेको भन्ने विषयमा सत्यता नभएको उनले दाबी गरे।

संस्थापन पक्षले फर्जी प्रतिनिधि चयन गरी नेतृत्व कब्जा गर्न खोजेको आरोप लगाउँदै आएको पौडेल समूहले आरोप लगाउँदै आएको छ।  ‘पार्टी सभापतिले चाहने हो भने अहिले त्यस्तो अवसर थियो। तर उहाँको चाहना त्यस्तो नभएर महाधिवेशनमार्फत चुनावबाटै नेतृत्व चयन गर्ने छ’, उनले भने।

नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेलले प्रतिनिधि बढी भएकै कारण महाधिवेशन रोक्नु पर्ने भए त्यसलाई घटाएर अघि बढ्न सकिने उल्लेख गरे। 'उपत्यका र टोटल सिलिङमै बढी भएको जस्तो लाग्छ भने त्यसलाई घटाउन समस्या छैन तर जुन सुकै मूल्यमा चुनाव गर्नुपर्छ’, उनले भने।

नेविसंघको ११ औं महाधिवेशन साउन २३ गते भृकुटीमण्डपमा सुरु भएको थियो। शनिबार राति महाधिवेशन निर्देशक समितिले प्रतिनिधि सूची सार्वजनिक गर्दै निर्वाचनमा जाने बताएको थियो। मंगलबार सहमति जनाएअनुसार समितिले सूची सार्वजनिक गरेको थियो।

महाधिवेशन प्रतिनिधिको सूचीमा नेता रामचन्द्र पौडेल पक्षबाट निर्देशक समिति सदस्य रहेका गुरुराज घिमिरेले असहमति जनाए पनि सूचि सार्वजनिक गरिएको थियो। पौडेल पक्षकै गोविन्द भट्टराई र निवर्तमान अध्यक्ष रञ्जीत कर्णले भने सूचिमा हस्ताक्षर गरेका थिए।

आफैँले नक्कली प्रतिनिधि थप गर्ने र बाहिर आम प्रतिनिधिहरूबीच महाधिवेशन बहिस्कार गर्ने अभिव्यक्ति दिदै जारी प्रकृयालाई प्रभावित पार्ने दुस्प्रयास नेविसंघ अध्यक्ष र अन्य जिम्मेवार व्यक्तिहरूवाट भइरहेको काफ्ले समूहको भनाइ छ।

पौडेल पक्षले भने निर्देशक समितिका संयोजकले एक पक्षीय सूची सार्वजनीक गरेको भन्दै महाधिवेशनमा सहभागी नहुने चेतावनी दिएर प्रदर्शनमा उत्रिएको थियो।

प्रतिनिधि विवाद बल्झिँदा ९ वर्षपछि सुरु भएको नेविसंघ महाधिवेशन अनिश्चित बनेको सन्दर्भमा निर्देशक समितिले आइतबार महाधिवेशन नरोकिने प्रस्ट पारेको हो।

पहिलैदेखि चल्दै आएको प्रतिनिधि भागबन्डाको राजनीतिमा पौडेल समूह कमजोर भएको महसुस गर्दै विवाद झिकेपछि मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको विद्यार्थी संगठनको महाधिवेशन अनिश्चित बनेको थियो।

अाफैँ नक्कली प्रतिनिधि थप्ने, अाफैँ बहिष्कारको धम्की दिने : काफ्ले

नेविसंघ महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुन्दन काफ्लेले नेविसंघ महाधिवेशनबारे अन्यौल बढेको सन्दर्भमा अाइतबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशन रोक्न नहुने बताएका ५न्। १६ सयभन्दा बढी अवैधानिक प्रतिनिधि रहेको अवस्थामा अाफूहरु महाधिवेशनमा होमिएको भन्दै उनले भनेका छन्,  'नेविसंघ नेतृत्वले भागबण्डा गरी ल्याएका १६०० बढी अवैधानिक प्रतिनिधिलाई समेत बिर्सेर हामी महाधिवेशन प्रकृयामा सहभागि हुनका लागि तयार भयौं। हामीसँग भएको सहमति अनुसार अधिवेशन हुन नसकेका र विवादित क्याम्पस तथा जिल्लाहरूमा महाधिवेशन पछिको ३ महिनाभित्र विधिवत प्रकृयावाट नेतृत्व चयन गर्ने र जारी महाधिवेशन प्रयोजनका लागि ती क्याम्पस तथा जिल्लाहरूको प्रतिनिधित्व बन्चित नहोस भन्नका खातिर सरोकारवालाहरूको सहमतिमा प्रतिनिधित्व सुनिश्चितता गरी महाधिवेशन प्रकृया अगाडि वढाउने सर्वसम्मत निर्णय पार्टी निर्देशन समितिले गरेको थियो। यसरी सहमति गरेपश्चात जम्मा ३४९८ जना प्रतिनिधि संख्या हुनुपर्नेमा महाधिवेशन प्रतिनिधिहरूको नामावली सुचिकृत (टाईप) गर्ने क्रममा पुनः नेविसंघ नेतृत्वले जथाभावी नामावली थपि ३७६० जनाको नामावली सार्वजनिक गर्‍यो।'

आफैले नक्कली प्रतिनिधि थप गर्ने र बाहिर आम प्रतिनिधिहरूबीच महाधिवेशन बहिस्कार गर्ने अभिव्यक्ति दिदै जारी प्रकृयालाई प्रभावित पार्ने दुस्प्रयास नेविसंघ अध्यक्ष र अन्य जिम्मेवार व्यक्तिहरूवाट भइरहेको काफ्ले समूहको भनाइ छ। 'यो दुर्भाग्यपूर्ण छ। वर्तमान अध्यक्ष स्वयंको अधिवेशनको प्रक्रिया अवरुद्ध गर्ने दुराग्रहपूर्ण व्यवहारले काठमाडौंमा अनेकन कष्ट सहेर अधिवेशनको प्रकृयाको पक्षमा रहेका हजारौं विद्यार्थी साथीहरूको इच्छा र आकाङ्क्षामाथि कुठाराघात गरेको छ। पार्टीबाट गठित निर्देशन समितिमार्फत् सर्वसम्मत रुपमा तय भएका प्रतिनिधिमा आफैले प्रतिनिधि थप गर्ने र आफैले नक्कली भयो भन्दै महाधिवेशन प्रकृयावाट भाग्न खोज्नु पराजयको भयबाट सिर्जित मानसिकताको उपज हो र विधिको उल्लङ्घन पनि।'

कुनै पनि बहानामा महाधिवेशनको जारी प्रकृया नरोक्न नेविसंघ, महाधिवेशन निर्देशन समिति र नेपाली काँग्रेस नेतृत्व समक्ष काफ्लेले अपिल गरेका छन्।

ुहजारौं प्रतिनिधि साथीहरूको बसाइ र खवाइको बेवास्ता गरी बन्द कोठाभित्र षड्यन्त्र रची अधिवेशन भाड्ने कर्तुतलाई समयमै चिन्न र होशियारीका साथ महाधिवेशनका पक्षमा खबरदारी गर्न एवं कुनै पनि हल्ला र भ्रममा नपरी महाधिवेशन प्रकृयामा सहभागि हुन सम्पूर्ण प्रतिनिधि साथीहरूमा हार्दिक अपिल गर्दछौं', काफ्लेले भनेका छन्।

 

प्रकाशित: ३० श्रावण २०७३ १३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App