coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गरेर श्रीमान्‌द्वारा अात्महत्या

बैतडी—बैतडीमा एक जनाले  श्रीमतीको हत्या गरी आफ्नो आत्महत्या गरेका छन्। घटना आइतबार दिउँसो ३:३० बजे भएको प्रहरीले जनाएको छ।

पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आफ्नी श्रीमती इन्दु बोहराको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।

श्रीमान् र श्रीमतीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ। घटनाका विषयमा अनुसन्धान गर्न अहिले प्रहरी निरीक्षक नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली त्यहाँ पुगेपछि मात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस

प्रकाशित: ३० श्रावण २०७३ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App