coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक शुरु

काठमाडौँ – प्रदेशसभा १ को प्रदेशसभाको पहिलो बैठक  शुरु भएको छ । मोरङ जिल्ला समन्वय समितिको सभाहलमा जारी बैठकको सञ्चालन जेष्ठ सदस्य ओम सराबगीले गरेका छन् ।

सभाहलको पूर्वपट्टिको कुर्सीमा सबैभन्दा ठूलो दल नेकपा एमालेका ५१ जना प्रदेश सांसद बस्ने व्यवस्था मिलाइएको छ। पश्चिमपट्टिको अगाडि दोस्रो ठूलो दल नेपाली कांग्रेसका २१ जना प्रदेश सांसदको कुर्सी राखिएको छ। त्यसको पछाडि तेस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना प्रदेश सांसदको कुर्सी र संघीय समाजवादी फोरमको ३, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र स्वतन्त्र १ सांसद बस्ने कुर्सी राखिएको छ।

प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकका गरी  ९३ जना सांसद छन्।

प्रकाशित: २२ माघ २०७४ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App