७ वैशाख २०८१ शुक्रबार
अन्य

राेजाइमा फेसनेवल भित्री वस्त्र

साधारणतया भित्री वस्त्रका विषयमा कुरा गर्न मानिसहरू लाज मान्छन्, तर पछिल्ला दिनमा भित्री वस्त्रबारे बोल्ने र यसलाई व्यक्तित्वको अभिन्न अंग मान्ने प्रवृत्ति बढेको छ । भित्री वस्त्र बेच्ने व्यापारीको अनुभवले पनि यही बताउँछ।

आयुष्मा खड्काले न्युरोडको खिचापोखरीमा महिलाको भित्री वस्त्रको व्यापार गरेको १५ वर्ष भयो । हिजोआज फेसनेबल भित्री वस्त्र लगाउने चलन पहिलेभन्दा धेरै बढेको उनको अनुभव छ । पछिल्लो पुस्ताका महिला खास गरी फेसनेबल ब्रा लगाउन मन पराउने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘बाहिरी वस्त्र मात्र होइन, भित्री पनि फेसनेबल, कम्फरटेबल र आकर्षक खोज्न आउनेहरूको जमात ठूलो छ।’

बजारमा विभिन्न प्रकारका भित्री वस्त्रहरू उपलब्ध भए पनि महिलाले सजगता अपनाएर त्यसको प्रयोग गर्नुपर्ने उनी बताउँछिन् । भित्री वस्त्रको प्रयोग गर्दा आफूलाई सहज र आकर्षक देखिने वस्त्र खोज्न आउने बढेको उनी बताउँछिन् । ‘प्राय महिलाहरू भित्री वस्त्र लगाउँदा आफूलाई हलुका र सजिलो हुने मात्र होइन, बाहिरी पहिरन अनुसारका भित्री वस्त्र खोज्न आउँछन्,’ उनले भनिन् ।
भित्री वस्त्रले बाहिरी पहिरनको सुन्दरता र स्टाइल समेत बढाउने हुनाले हिजोआज भित्री पोसाकको छनोटमा मानिस सचेत हुन थालेका छन् । भित्री पोसाक लगाउने तरिकाले बाहिरी पोसाकको आकर्षणमा निखार ल्याउँछ । भित्री बस्त्र लगाउँदा सहज, हलुका र आकर्षक हुन जरुरी रहेको न्युरोडमा रहेको कम्र्फट जोन स्टोरकी सञ्चालक इन्द्रा दोङ बताउँछिन् । उनका अनुसार महिला स्तनको स्वास्थ्यसँग समेत सम्बन्ध राख्ने भएकोले ब्राको छनोटमा सजग हुनुपर्छ।

भित्री वस्त्रले बाहिरी पहिरनको सुन्दरता र स्टाइल समेत बढाउने हुनाले हिजोआज भित्री पोसाकको छनोटमा मानिस सचेत हुन थालेका छन् । भित्री पोसाक लगाउने तरिकाले बाहिरी पोसाकको आकर्षणमा निखार ल्याउँछ । भित्री बस्त्र लगाउँदा सहज, हलुका र आकर्षक हुन जरुरी रहेको न्युरोडमा रहेको कम्र्फट जोन स्टोरकी सञ्चालक इन्द्रा दोङ बताउँछिन् । उनका अनुसार महिला स्तनको स्वास्थ्यसँग समेत सम्बन्ध राख्ने भएकोले ब्राको छनोटमा सजग हुनुपर्छ।

चिकित्सकहरू पनि लगाउँदा सजिलो हुने ब्राको प्रयोग गर्न सुझाउँछन् । नेपालमा महिलालाई स्तन क्यान्सर हुनुमा भित्री वस्त्रले पनि भूमिका खेल्ने उनीहरूको भनाइ छ । सुत्दा भित्री वस्त्र खोल्नुपर्ने उनीहरूको सुझाव छ।

ब्राका प्रचलित केही प्रकार
सिलिकन ब्रा
सिलिकन इनर विशेष गरी टिनएजर्सले प्रयोग गर्ने व्यापारी दोङ बताउँछिन् । सिलिकन इनर विशेष गरी गर्मी मौसममा बढी प्रयोग हुन्छ । खुला लुगा लगाउन मन पराउने युवतीहरूले यो प्रयोग गर्ने उनको भनाइ छ । सिलिकन इनर अरु इनरभन्दा निकै फरक हुन्छ । फेसनेबल र मोर्डन बनाइराख्न सिलिकन इनर प्रयोग गर्ने उनी बताउँछिन् । बजारमा सिलिकन इनर विभिन्न रङ, साइजमा उपलब्ध छन् । सिलिकन इनरको मूल्य सामान्यतया पाँच सय रूपैयाँबाट सुरु हुने व्यापारी बताउँछन्।

घर र बाहिरको काममा आफूलाई व्यस्त राख्ने तथा फेसनेबल र आकर्षक देखिन चाहने महिलाहरूको रोजाइमा पर्ने उनले बताइन्।

पुल्चोककी प्रितिका नन्दनी थापा सिलिकन इनरको प्रयोग गर्छिन् । उनी सिलिकन इनरले आफूलाई सजिलो हुने बताउँछिन् । ‘कुनै पनि लुगा लगाउँदा ब्याकमा डाम पर्ने भएर सिलिकन इनर प्रयोग गर्न थालेकी हुँ,’ उनले भनिन् । सिलिकन इनरले स्लिप र ब्याक कही पनि समस्या नहुने उनले अनुभव सुनाइन् । ‘इनरको इलास्टिकले मलाई इचिङ हुने भएर यही मन पर्छ,’ उनले भनि न्।
स्पन्ज ब्रा
पाटनकी सोनी मालाकार विद्यार्थी हुन् । बिहान कलेज र दिउँसो कार्यालयमा व्यस्त हुने उनी टिसर्ट र पाइन्टमा सजिन्छिन् । सामान्य टिसर्ट र पाइन्टमा सहज हुने इनर प्रयोग गर्ने उनी बताउँछिन् । यो पहिरनमा स्पन्ज इनरको प्रयोग गर्दा सहज हुने उनको अनुभव छ । भित्री वस्त्रले आफ्नो व्यक्तित्वमा ठूलो भूमिका खेलेको उनी बताउँछिन् । ‘स्पन्ज इनर लगाउँदा सजिलो लाग्छ, शरीरको बनावट राम्रो देखाउँछ । त्यसैले म स्पन्ज इनर प्रयोग गर्छु,’ उनले भनिन्।

स्पन्ज ब्रा युवतीको रोजाइमा पर्न सफल भएको व्यापारी आयुष्मा खड्का बताउँछिन् । उनका अनुसार बजारमा सामान्यतया स्पन्ज इनरको मूल्य एक सय रूपैयाँबाट सुरु हुन्छ । बजारमा धेरै किसिमका इनर उपलब्ध भए पनि आफूलाई आरामदायी हुने प्रयोग गर्न उनको सुझाव छ । ‘बजारमा धेरै किसिमका इनरहरू पाइन्छ, सस्तो र कमसल खालका इनर प्रयोग गर्दा छालाका विभिन्न रोग लाग्न सक्छ तसर्थ सचेत हुन जरुरी छ,’ उनले भनिन्।

कटन ब्रा
न्युरोडकी रेणु माथेमा गृहिणी हुन् । उनको एउटा छोरा छ । उनी दिनमा घरको काममा नै व्यस्त रहन्छिन् । कटन ब्राको प्रयोग गर्दा घरको काम गर्न सहज हुने उनको अनुभव छ । छोरालाई स्कुल पुर्‍याउने, लिन जाने र घरको काममै व्यस्त हुने रेणु कटन इनर नै सजिलो लाग्ने बताउँछिन् । ‘पहिलादेखि नै कटनको इनर लगाएँ । अरुले त मलाई एलर्जी हुन्छ,’ उनले भनिन् ।
छालाको एलर्जी भएको र अन्य इनरको प्रयोग गर्दा छालामा समस्या आउने भएकाले सधैं कटन ब्राको प्रयोग गर्ने गरेको उनले बताइन् । ‘गर्मी र चिसो दुवै मौसममा लगाउँदा आरामदायी हुन्छ,’ उनले भनिन् । बजारमा कटन इनरको माग बढ्दो रहेको व्यापारी रामेश्वरी श्रेष्ठ बताउँछिन् ।  कटन इनर घरायसी काममा व्यस्त हुने गृहिणीदेखि लिएर अन्य उमेरका महिलाहरूको रोजाइमा परेको उनको अनुभव छ।

बजारमा कटन इनरको मूल्य दुई सय रूपैयाँबाट सुरु हुने उनी बताउँछिन् । यो विभिन्न रङ र साइजमा पाइन्छन्।

केज ब्रा  
मौसम अनुसारको फेसनेबल पोसाकमा सजिन मन पराउने विद्यार्थी शोभा पौडेल भित्री वस्त्रको छनोट मा पनि सचेत छिन् । उनी भित्री वस्त्र पनि फेसनेबल लगाउन रुचाउने बताउँछिन् । फेसनेबल इनरको रूपमा उनी केज इनर रोज्छिन् । ब्याकलेस टिसर्ट, ब्याकलेस ड्रेस, ट्रान्सफर पेपर टिसर्ट लगाउँदा यो इनरको प्रयोग गर्ने उनी बताउँछिन् । ‘म समय अनुसारको पहिरनमा सजिन रुचाउँछु । गर्मी मौसममा केज इनरको प्रयोग गर्न मनपर्छ,’ उनले भनिन्, ‘केज इनर लगाउँदा फेसनेबल देखिए जस्तो महसुस हुन्छ।’

केज इनरमा विशेष टिनएजर्सको रोजाइमा पर्ने व्यापारी श्रेष्ठ बताउँछिन्। केज इनर जाडो मौसममा भन्दा गर्मी मौसममा बढी बिक्री हुने उनले बताइन् । बजारमा केज इनरको मूल्य तीन सय रूपैयाँबाट सुरु हुने उनी बताउँछिन्।

क्लियर स्ट्राप ब्रा
आधुनिक पहिरन लगाउन रुचाउने सहरी महिलाको रोजाइमा परेको छ, क्लियर स्ट्राप ब्रा। यसको स्ट्राप (फित्ता) पारदर्शी हुने भएकोले ओपन ड्रेस लगाउनेका लागि यो ब्रा वरदान सावित भएको छ।

हिजोआज किशोरीहरूले गर्मी मौसममा यो ब्रा धेरै प्रयोग गर्न थालेको व्यापारी बताउँछन्। न्युरोडका व्यापारी इन्द्रा दोङ भन्छिन्, ‘स्लिभलेस ड्रेस लगाउनेले यो लगाउँछन्। पार्टीमा वान पिस, स्लिभलेस ड्रेस लगाउँदा यसले व्यक्तित्व झल्काउँछ।’

पत्रकार आस्मिका गुरागाईं गर्मी मौसममा स्लिभलेस र ब्याकलेस ड्रेस लगाउन मन पराउँछिन्। यस्ता पहिरन लगाउँदा क्लियर स्ट्राप इनरको प्रयोग गर्दा सहज हुने उनको अनुभव छ । स्मार्ट र कम्फर्टेबल देखिन क्लियर स्ट्राप ब्रा प्रयोग गरेको उनले बताइन् । ‘क्लियर स्ट्राप लगाउँदा बाहिरी लुगाबाट भित्री इनरको फिता देखियो कि भन्ने चिन्ता गरिरहनुपर्दैन,’ उनले भनिन्।

अन्डरवायर ब्रा
नेपाल ल कलेजमा अध्यनरत विद्यार्थी अप्सरा शर्माको हरेक दिनको पहिरन हो – सेतो सर्ट, कालो पेन्ट र कोट । सर्ट लगाउने भएकाले अन्डरवायर इनरको प्रयोग गर्ने उनले बताइन् । आकर्षक र आरामदायी हुने भएकोले वायर इनरको प्रयोग गर्दै आएको उनी बताउँछिन् । वायर ब्राको प्रयोग गर्दा आर्कषक लुक्स देखिने उनको विश्वास छ । वायर ब्रालाई पुस अफ इनर पनि भनिन्छ । सबै उमेरका महिलाको रोजाईमा रहेको व्यापारी श्रेष्ठ बताउँछिन् । अन्डरवायर ब्राले टाउको तथा गर्दन दुखाइ र स्तन क्यान्सरसँग समेत सम्बन्ध हुन सक्ने भएकाले सकेसम्म प्रयोग नगर्न विज्ञको सुझाव छ । बजारमा वायर ब्राको मूल्य तीन सय पचास रूपैयाँबाट सुरु हुने उनी बताउँछिन् ।

प्रकाशित: २२ माघ २०७४ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App