८ वैशाख २०८१ शनिबार
खेल

बायर्नको शीर्षता थप मजबुत

बर्लिन – फ्य्रांक रिबेरी र हामेस रोडरिग्वेजको गोलप्रेरित बायर्न म्युनिखले शनिबार मेइन्जमाथि २–० को जित हात पार्दै बुन्डेसलिगाको शीर्षता थप मजबुत बनाएको छ ।

३३औं मिनेटमा रिबेरीले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । बायर्नका सेबास्टियन रुडीको कर्नर प्रहार मेइन्जका यासिनोरी मुटोले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई रिबेरीले जाली चुमाएका थिए । जारी सिजनका उनको यो दोस्रो गोल हो ।

मध्यान्तर हुन एक मिनेट रहँदा कोरेन्टिन टोलिसोको पासमा रोडरिग्वेजले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए ।यस जितपछि २१ खेलमा ५३ अंक जोडेको बायर्न शीर्ष स्थानमा यथावत् छ । जुन दोस्रो स्थानको बायर लेभरकुसनभन्दा १८ अंक बढी हो ।

त्यस्तै आरबी लिपजिगले बोरुसिडा मोन्चेनग्लाडबाचमाथि १–० को कठिन जित हात पार्यो । खेल सकिन २ मिनेट बाँकी हुँदा एडेमोला लुकमानले गरेको गोल लिपजिगलाई स्पष्ट तीन अंक जोड्न पर्याप्त बन्यो ।
यस जितपछि २१ खेलमा ३५ अंक जोडेको लिपजिग तेस्रो स्थानमा छ । समान खेलमा ३१ अंक जोडेको मोन्चनग्लाडबाच सातौं स्थानमा यथावत् छ ।बुन्डेसलिगाअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा हार्था बर्लिन र होफेनहेइमले १–१ को बराबरी खेल्दा फ्रेइबर्ग र लेभरकुसनले गोलरहित बराबरी खेलेका छन् ।

 

प्रकाशित: २२ माघ २०७४ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App