coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लेभान्टेसँग रोकियो रियाल

मड्रिड – स्ट्राइकर जियामपाउलो पेजानिकले अन्तिम समयमा गरेको गोलमा स्पेनिस ला लिगाअन्तर्गत शनिबार रियाल मड्रिड लेभान्टेसँग २–२ को बराबरीमा रोकिएको छ ।११औं मिनेटमा कप्तान सर्जियो रामोसले गरेको गोलमा रियालले अग्रता लिएको थियो । रामोसले टोनी क्रुजको पासलाई जाली चुमाएका थिए ।

मध्यान्तर हुन ४ मिनेट बाँकी हुँदा इम्यानुयल बोयटाङले गोल गर्दा लेभान्टे खेलमा फर्किएको थियो ।
८१औं मिनेटमा गोल गर्दै वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका इस्कोले करिम बेन्जेमाको पासमा गोल गर्दै  रियालका लागि तीन अंक पक्का गर्ने संकेत गरेका थिए । तर खेल सकिन एक मिनेट बाँकी हुँदा लेभान्टेका पेजानिकले गोल गर्दै रियालको तीन अंक जोड्ने लक्ष्य विफल पारेका थिए ।

पेजानिकलेजासोनको पासलाई पोस्टको दिशा दिएका थिए  ।‘हामीले खेल पूर्ण रूपमा दबाबमा राखेका थियौं, विशेषगरी पहिलो हाफमा । दोस्रो हाफमा हामीले केही लय गुमाए पनि गोल गर्दै पुनः अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा दुई अंक गुमाउन पुग्यांै,’ रियालका प्रशिक्षक जिदेदिन जिदानले भने ।

यस बराबरीले आउँदो शुक्रबार च्याम्पिन्स लिग अन्तिम १६ को खेलमा पेरिस सेन्ट जर्मनको सामना गर्ने तयारीमा भएको रियाल थप दबाबमा परेको छ  ‘पक्कै पनि निरन्तर खराब नतिजाले हामीलाई दबाबमा पारेको छ,’ जिदानले भने, ‘हामीले अझै सुधार गर्न आवश्यक छ । अन्यथा हाम्रो स्थिति थप कठिन बन्न सक्छ ।’

यस बराबरीपछि २१ खेलमा ३९ अंक जोडेको मड्रिड चौथो स्थानमा यथावत् छ । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा २१ अंक कम हो । यता समान खेलमा २० अंक जोडेको लेभान्टे १७औं स्थानमा छ ।
यता सेभिया इबरसँग ५–१ ले स्तब्ध भएको छ ।खेलको पहिलो मिनेटमा किकेले गरेको गोलमा अग्रता लिएको इबरका लागि १७औं मिनेटमा फाबियान ओरेल्नाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।त्यसको ४ मिनेटपछि पाब्लो साराबियाले गोल गर्दै सेभियालाई खेलमा फर्काउने संकेत गरे पनि ३२औं मिनेटमा इभान रामिसले गोल गर्दै इबरको अग्रता ३–१ मा पुर्याएका थिए ।

६१औं मिनेटमा ओरेल्ना र ८३औं  मिनेटमा अनाइटेज अरबेल्लाले गोल गर्दै इबरको सहज जित पक्का गरेका थिए ।यस जितपछि २२ खेलमा ३२ अंक जोडेको इबर साताै स्थानमा उक्लिँदा समान खेलमा ३३ अंक जोडेको सेभिया छैटौं स्थानमा यथावत् छ ।ला लिगाअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा रियल बेटिसले भिल्लारियल र आल्भेसले सेल्टा भिगोलाई समन २–१ गोलअन्तरमा पराजित ग¥यो ।

 

 

प्रकाशित: २२ माघ २०७४ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App