८ वैशाख २०८१ शनिबार
खेल

लन टेनिसका खेलाडी छनोट

काठमाडौं – अखिल नेपाल लन टेनिस संघले आयोजना गरेको नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को मुख्य ‘ड्र’ का लागि आइतबार खेलाडी छनोट भएका छन्।सातदोबाटोस्थित लङ टेनिस कोर्टमा सोमबारबाट हुने प्रतिगोगिताको मुख्य ‘ड्र’ का लागि समान ४ र ४ महिला खेलाडी छनोट भएका हुन् । छनोटका लागि शनिबार र आइतबार प्रतिस्पर्धा भएको थियो ।

पुरुषमा पाकिस्तानका मोहमम्द नौमन अफ्ताब, भारतका भूपेन्द्र दाहिया र रुद्र कपुर तथा ताइपेईका चिया फन साउ छानिए । महिलामा भारतका अर्चिता महलवाल र चरिथा पात्लोला, अमेरिकाकी रुतुजा छप्हल्कर र जापानकी कानोन यासुमोतो छनोट भए । मुख्य ‘ड्र’ मा पुरुष र महिलातर्फ समान २८-२८ खेलाडी छन् ।
सर्किट १ फेब्रुअरी १० तारिखसम्म चल्नेछ । सर्किट १ सकिएको २ दिनपछि सर्किट १२ फेबु्रअरीमा सुरु भई फेब्रुअरी १७ तारिखसम्म चल्नेछ । सर्किट २ का लागि पनि छनोट हुनेछ । महिला-पुरुष एकल र युगलका खेल हुनेछन् ।

 

प्रकाशित: २२ माघ २०७४ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App