coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अबको खर्च कसरी धान्ने ?

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको 'अबको खर्च कसरी धान्ने ?' छलफलमा आर्थिक क्षेत्रका विज्ञहरुले आफ्ना धारणा राखेका छन्।

कार्यक्रमका बोल्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको पारिवारिक व्यापारलाई कर्पोरेट व्यापारमा लानुपर्ने बताए। व्यापारिक घरनाले प्रतिष्पर्धा नचाहेको उनको भनाई छ।

पाण्डेले नेपालले जमिनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। 'निजी प्रयोजनका लागि जग्गा सस्तो पर्ने तर सरकारले कुनै परियोजनाका लागि किन्नु परेमा धेरै गुना महंगो पर्ने', उनले भने।

स्वास्थ्य, शिक्षा, आवासमा राज्यले ग्यारेण्टी गर्नुपर्ने उनको धारणा छ। आवासमा विशेष योजना ल्याउनु पर्ने उनले बताए।

परिवारको अंश खाने मानसिकताबाट मुक्त भएर उद्यमशिलतामा जानुपर्ने उनले बताए। अहिले राष्ट्रिय गौरवका योजना सकिएपछि नयाँ योजना सुरु गर्नु पर्ने पाण्डेले बताए। आर्थिक अभावकै कारण कतिपय योजना अघि बढ्न नसकेको पाण्डेले बताए। राष्ट्रिय चासोका विषयमा सबै पार्टीको सहमति आवस्यक भएको पाण्डेले बताए।

योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले पर्यटनमा बृद्धि गराउनको लागि विमानस्थल र होटल खोल्नु पर्नेमा जोड दिए। उनले पर्यटनमा बृद्धि बढाउनु पर्नेमा जोड दिए। कृषिमा ६ प्रतिशत भन्दा बढी बृद्धि गर्न गाह्रो भएकोले अन्य क्षेत्र पहिल्याउनु पर्ने खतिवडाको भनाई थियो। अहिले नै विदेशी पुँजी चाहिँदैन भन्नु त्यति उपयुक्त नभएको उनले बताए। 'अहिले नै हामीले विदेशी सहायतालाई कमी गर्न सक्दैनौं' उनले भने।

योजना आयोका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले अनुदान दिएर मात्र सुधार वा बृद्धि नहुने बताए। विगतमा अनुदान दिएका योजनाहरु सफल नभएको उनले औंल्याए। कतिपय विकासका योजना ठेकदारका कारणा पनि ढिला भइरेहेको उनले बताए। अति कम विकसित मुलुकमा विश्व बैंकले गर्ने लगानीमा कुल जीडीपीको ०.४ प्रतिशत मात्रै भएको बताउँदै उनले नेपालले योजना प्राथमिकतामा राखेर निपूर्णतापूर्वक खर्च गर्ने र विकासका काम अघि बढाउनु पर्नेमा जोड दिए।

अर्को वर्षको बजेटमा सामाजिक सुरक्षामै मात्र ६६ प्रतिशतले बृद्दि हुने उनले बताए।

'संघीय वित्त व्यवस्थापनको कुरा गर्दा हामी कहाँ स्थानीय तहको संरचना नै पुरा भएको थिएन। त्यसैले अझै पनि खर्चको आंकडा निश्चित हुन सकेको छैन', उनले भने।

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नेपालमा ३० प्रतिशत व्यापारिक घराना निकै सुविधाजनक अवस्थामा रहेको बताए। उनीहरुले प्रतिष्पर्धा नचाहने उनको भनाई थियो। थप लगानी र क्षेत्र कसरी पहिल्याउने भन्ने सवालमा सोच्नु पर्ने उनको भनाई छ।

नेपालले संघीय संरचना धान्न सक्दैन भनेर जनतालाई नतर्साउन उनले आग्रह गरे । तर सिंहदरवारका काम स्थानीय तहले गर्न सक्नुपर्छ र उनीहरुको सक्षमता बृद्दि हुनुपर्ने उनको धारणा थियो।

संघीयतामा पनि सरकार र पार्टीहरुबीचको बुझाई फरक बुझाइ देखिएको उनले बताए। पैसा नै नेपालको समस्या भएको उनले बताए

अर्थविद् डा. पोषराज पाण्डे र रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले कार्यक्रममा सहजिकरणा गरेका थिए।

प्रकाशित: २१ माघ २०७४ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App