८ वैशाख २०८१ शनिबार
समाज

गौमुलले दियो सडक निर्माणलाई तिब्रता

बाजुरा – पाँच वर्षभित्र सबै वडामा सडक पर्याउने लक्ष्य लिएको गौमुल गाउँपालिकाले ग्रामिण सडक निर्माणको कामलाई तिब्रता दिएको छ। गाउँपालिकाको केन्द्रबाट दहकोट क्षेत्र र मानाकोट क्षेत्रमा सडक सञ्जाललाई जोड्न निर्माणलाई गति दिएको हो।

उपभोक्ता समितिमार्फत चट्टान भएको ठाउँमा डोजरको प्रयोग गर्ने र बाँकी स्थानमा उपभोक्ता समितिलाई नै निर्माण जिम्मा दिने गरी सडक निर्माण कार्य सुरू गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताए।

पहिलो वर्ष ८० लाख बराबरको सड निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता  गरी काम सुरु भईरहेको छ। गौमुल २ जाने बाटो काल्चेको भीरसम्म निर्माण गरिने भएको छ। भने मानाकोटको किर्तिचौर माविसम्म पनि यसैवर्ष बाटो निर्माण गरिने भएको छ। 

बडिमालिका नगरपालिका क्षेत्र पर्ने भौनेरदेखि घटमुना सम्मको बाटो समेत गाउँपालिकाकै २० लाखको लागतमा निर्माण गरी स्थानीयलाई सहजताका लागि पहिलो प्राथामिकतामा सडकलाई राखिएको छ। 

गाउँपालिकाले यस वर्षलाई पुनः निर्माण र नीति निर्माणको वर्षका रुपमा घोषणा गरेको छ। प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल जोडेर स्थानीयलाई आयआर्जनका गतिविधिसँगै जोड्नु पहिलो काम हुने गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। 

स्थानीयलाई रोजगारी दिई गाउँको विकास गर्ने गरी योजना अघि सारेर सडक निर्माणको काम र अन्य उत्पादनका गतिविधि सँगसँगै अघि सारेको उपाध्यक्ष सिता थापाले बताए। गौमुलले कुल साढे २१ करोड बजेट मध्ये पुस मसान्तसम्म ४ करोड बढी रकम खर्च गरिसकेको छ। 

जिल्लाका नौ वटा स्थानीय तहमध्ये अधिकांशले विकास कामकाज सुरू गरेका छैन्। उसोत बुढीगंगा नगरपालिकाले नगर सभा नै गर्न सकेको छैन्। तर, गौमुल गाउँपालिकाले भने विकास निर्माणका अधिकांश योजनाको निर्माण प्रक्रियालाई कार्यान्वयन चरणमा अघि बढाएको छ।

गाउँ सभाले पारित गरेका सबैजसो योजनाको प्राविधिक स्टमेडदेखि निर्माण काम सुरू गरिसकेको प्रशासकीय अधिकृत डम्मर थापाले बताएका छन्। गाउँपालिकाको भवन निर्माणदेखि सडक निर्माणका काम पनि सरू भईसकेको अध्यक्ष हरि बहादुर रोकायाले बताए। 

प्रकाशित: २१ माघ २०७४ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App