coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रामदेबको पतञ्जलीले ५० हजार करोड रुपैयाँको कारोबार गर्ने

नयाँ दिल्ली—कर्पोरेट याेग गुरु बाबा रामदेबले पतञ्जलीको उत्पादन ५० हजार करोड (भारु) पुर्‍याउने घोषणा गरेका छन्। पतञ्जली उत्पादन दन्तकान्ती उत्पादनको प्रवद्र्धन कार्यक्रममा उनले आफ्नो कम्पनीको लक्ष्य सार्वजनिक गरेका हुन्।

‘मान्छेहरु अहिले हाम्रो ५ हजार करोडको टर्नओभर देखेर तिल्मिलाइरहेका छन्। आगामी दिनमा पतञ्जली ५० हजार करोडसम्म पुग्नेछ’, उनले भने, ‘देशबासीलाई सस्तोमा गुणस्तरीय आयुर्वेदिक सामान दिन्छौं। नाफा जति सबै देशको सेवामा लगाउ छौं।’

‘मान्छेहरु अहिले हाम्रो ५ हजार करोडको टर्नओभर देखेर तिल्मिलाइरहेका छन्। आगामी दिनमा पतञ्जली ५० हजार करोडसम्म पुग्नेछ’, उनले भने, ‘देशबासीलाई सस्तोमा गुणस्तरीय आयुर्वेदिक सामान दिन्छौं। नाफा जति सबै देशको सेवामा लगाउ छौं।’

विदेशी कम्पनीहरुको जोरदार बिरोध गरेका उनले कुन मितिसम्ममा पतञ्जलीले सो रकमको काराेबार गर्ने हाे भन्ने खुलाएनन्।

पतञ्जलीको विज्ञापनविरुद्ध २६ सूचना
बाबा रामदेवले भारतको विज्ञापन स्टान्डर्ड काउन्सिलको खुलेर आलोचना गरे। पतञ्जलीका उत्पादनले भ्रामक विज्ञापन बनाएको भन्दै काउन्सिलले २६ वटा पत्र काटेको स्थितिमा रामदेव आक्रोशित भएका हुन्। ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाई काउन्सिलविरुद्ध चिठ्ठी लेख्न भन्नेछु। उसलाई मानहानीको आरोपमा कारवाही गर्न भन्नेछु’, रामदेबले भने। हिन्दूवादी भारतीय जनता पार्टीका मुख्य नेता मोदीसँग रामदेवको साँठगाँठ रहँदै आएको छ।
 

प्रकाशित: ३० श्रावण २०७३ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App