८ वैशाख २०८१ शनिबार
समाज

बालीमा लाग्ने सबै किरा शत्रु हुँदैनन्

नगरकोट – बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक हुँदैनन् भन्ने जानकारी गराउन चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा आयोजना गरेको सो तालीममा किसानले जमिनमा शत्रु किराका साथै मित्र किरा हुने र विषादीको प्रयोगले मित्र किरा पनि नास हुने जानकारी पाएको बताए। 

किसानले सानो समस्यामा पनि विभिन्न किसिमका विषादी प्रयोग गर्दा स्वास्थ्यका साथसाथै पैसाको पनि नास हुने भएकाले अबका दिनमा यस्ता कीराबाट बाली जोगाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै तालीम केन्द्रित रहेको परियोजनाका संयोजक किशोर पराजुलीले जानकारी दिए। किसानलाई प्रत्यक्ष रुपमा खेतमा नै लगेर शत्रु जीव र मित्र जीवको विषयमा जानकारी दिलाउनुनै कार्यक्रमको मुख्य लक्ष्य भएको बताउँदै उहाँले अब किसानले कुनै पनि सानातिना रोग लाग्दा भयानक विषादी प्रयोग नगरुन् भन्ने हेतुले नै यो कार्यक्रम थालनी गरिएको चर्चा गरे। 

तालीमका प्रशिक्षक गंगाबहादुर माकले एकीकृत शत्रुजीव व्यवस्थापन तालीममा कृषकलाई कसरी रोगकीरा आफैँ व्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाउनु नै मुख्य लक्ष्य भएको र यसका लागि खेत तयार गर्नेदेखि बीउ छनोट, सिँचाइ, मलखाद र व्यवस्थापनसम्मका विषयबारे जानकारी दिइएकोे बताए।  

३६ किसान संलग्न सो तालीम समापनमा चाँगुनारायण नगरपालिका–८ का अध्यक्ष परासर सापकोटाले शत्रु जीव र मित्र जीवका विषयमा किसानलाई सिकाउँदा बायो डाइभर्सिटी म्यानेजमेन्टमा पनि सघाउ पुग्ने बताए।

प्रकाशित: २१ माघ २०७४ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App