७ वैशाख २०८१ शुक्रबार
समाज

सोनाम ल्होछारको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने

नुवाकोट– नुवाकोटको विदुर नगरपालीका – ९  कोलनीमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ।
‘सोनाम ल्होछारको प्रबद्र्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ  प्रदेशको स्थापना  राष्ट्रको साझा पहिचान’ भन्ने मुल नाराको साथ साथ कार्यक्रम गर्न लागिएको हो।

तामाङ समुदायको सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछार अर्थात् ‘खि ल्होरनागी, कुकुर बर्ग’को अवसरमा नेपाल तामाङ घेदुङ नुवाकोट र थ्रीडि युवा क्लब कोलनीको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबारका दिन बृहत सोनाम ल्होछार कार्यक्रम गर्न लागिएको हो।

तामाङ घेदुङका केन्द्रिय सल्लाहकार माओवादी केन्द्रका नेता हितबहादुर तामाङको आतिथ्यतामा आयोजना हुन लागेको कार्यक्रममा नुवाकोट म्यागङको किम्ताङ, बुङ्ताङ लगायत गाउँका सहभागीले  पुरानो मौलिक संस्कृति झल्किने नाँच एवम् कलाहरुको प्रदर्शनी गर्ने बताएको छ।

प्रकाशित: २१ माघ २०७४ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App