८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अनियन्त्रित जहाज रुखमा ठोक्किएर खस्यो, ६ जनाको मृत्यु

भर्जिनिया— अमेरिकाको भर्जिनियाको फ्रिड्रेसबर्ग नजिकै भएको विमान दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। विमानस्थलको अन्तिम भागमा सो विमान दुर्घटना भएको भर्जिनिया प्रहरीले जनाएको छ। दुर्घटना शान्न विमानस्थलमा भएको हो। विमानस्थल डाउनटाउन  फ्रिडेसबर्गबाट करिब पाँच माइलको दूरीमा पर्छ।

सानो जहाज अवतरण गर्ने क्रममा अनियन्त्रित भएर फेरि उड्न खोज्दा विमानस्थलको अन्तिम भागमा दुर्घटना परेको हो। जहाज अनियन्त्रत भएर विमानस्थल नजिकैको रुखमा ठोक्कन पुगेको थियो। सो स्थानमा रेलको लिक समेत रहेको छ।  दुर्घटना भए लगत्तै जहाजमा आगो लाग्न सुरु भएको थियो। जहाज जलेर क्षतिग्रस्त भएको छ। जलेका कारण जहाज चिन्न गाह्रो हुने अवस्थामा पुगेको सुरक्षा अधिकारीले जनाएका छन्।

‘प्लेनले अवतरण गर्ने प्रयास गरिरहेको थियो। अनियन्त्रित भएपछि फेरि उड्न खोज्यो। सो क्रममा विमानस्थलको अन्तिम भागतिर गएर दुर्घटना भयो’, भर्जिनिया प्रहरीका लेज टेलरले सञ्चारमाध्यमहरुसँग भने, ‘जहाज विमानस्थलसँगैको रेल्वे लाइन नजिक गएर जोतियो र दनदनी बल्न थाल्यो।’

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनीहरु एउटै परिवारको हुनसक्ने अनुमान गरिएको छ। शान्न विमानस्थलमा प्रत्येक दिन करिब ८५ उडान हुनेगर्छन्। यी मध्ये धेरै स्थानीय उडान हुन्छन्। ९१ जहाजले यो विमानस्थल आधारित भएर उडान गर्छन् यी मध्ये धेरै सिंगल इन्जिन भएका जहाजहरु हुने गर्छन्।

दुर्घटनामा परेको जहाज निजी हो।
 

प्रकाशित: ३० श्रावण २०७३ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App