१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

तस्बीर : रूबी

रूबी रौनियार
काठमाडौं – २१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा इन्जिनियरिङ्गका विद्यार्थीहरुले ल्याएका छन् ।पुल्चोक इन्जियिनरिङ्ग कलेजमा इन्जियिनरिङ्गका विद्यार्थीहरुले अबको शहर पुर्ण प्रविधिमैत्रि हुनु पर्ने अवधारणासहिको प्रस्तुति गरेर सबैलाई चकित पारेका छन्।

पुल्चोक इन्जिनियरिङ्ग कलेजको कम्यूटर र इलेक्ट्रोनिकका विद्यार्थीहरुको संस्था लोकसले स्मार्ट सिटि अवधारणा अन्गर्तत आयोजना गरेको प्रर्दशनीमा विभिन्न इन्जिनियरिङ्ग कलेजका विद्यार्थीहरुले स्मार्ट सिटि कस्तो बन्नु पर्नेबारे आ–आफनो प्स्तुति मार्फत अवधारणा प्रस्तुत गरेका थिए।

हिमालय कलेज अफ इन्जिनियरिङ्गका इलेक्ट्रेोनि चौथो वर्षका विद्यार्थीहरुको समुहले प्रस्तुत गरेको समाग्रीमा इलेक्ट्रिक चार्जिङ स्टेशन,हाइटेन्सन चार्जबाट ब्याट्रि चार्ज गरि सवारी साधन चलाउने ,स।डकमा फोसफोरस पेन्टिङ मात्र गरि सोलार बत्ति राख्न सके सडक स्वच्छ र सफा देखिने खालका प्रस्तुति प्रस्तुत गरेका थिए।

हिमालय कलेज अफ इन्जिनियरिङ्गका श्रीकृष्ण तिमलसिना,दीपेन्द्र शाक्य, विक्रम भण्डारी र रोसन जोशीको संयुक्त टिमले तयार पारेको स्मार्ट सिटि अवधारणाको प्रस्तुतिमा शहरलाई प्रदुषण मुक्त राख्न पोलुसन सेन्टर जडान गर्ने सुझाएको छ । यसले प्रदुषणहरु पहिचान गरि कम गर्ने र घर भित्रको प्रदुषणलाई समेत मापन गर्न सक्ने शहरको अवधारणा उनीहरुको प्रस्तुतिले देखाएको थियो ।  ओवर ब्रिज राखेर सडक जामा कम गर्ने र विना ट्राफिक बत्तिको सडक निर्माणमा जोड थियो।

‘पेट्रोलियम पद्धार्थको दिनहुुँ भइरहेको मूल्य बृद्धिको जोखिमबाट बच्न हामीले यो अवधारणा ल्याएका हौं,’संयोजक श्रीकृष्णले प्रस्तुति बुझाउँदै अवलोकनकर्तालाई भन्दै थिए‘अब पेट्रेल पम्पको साटो चार्जिङ स्टेशन हुन्छ । सवारिसाधनहरु ठाउठाउमा चार्ज गरि अघि बढ्न सक्छन् ।’ यसैगरि उनको प्रस्तुतिमा पार्किङ स्टेशन पनि चार्जरसहितको छ । ‘फसफोरससहितको सडक पेन्टिङले दिउसोभरि लाइट सोसेर शक्ति संचय गर्छ,’श्रीकृष्णले भने‘जसले गर्दा रात पर्दै गएपछि सडकम जडान गरिएको सोलार बत्ति आफै बल्छ । यसले हाम्रो शहर सुन्दर र स्मार्ट देखिन्छ ।’यति मात्र होइन सोहि टिमका दीपेन्द्र शाक्यका अनुसार अबको सिटि ट्राफिक लाइटवेगरको हुुन पर्ने पनि अवधारणामा प्रस्तुत गरिएको छ। उनले भूइचालेबाट बच्नकोलागि खुला ठाउमा पार्कहरुको अवधारणा समेत ल्याएको बताए । यसै अनुसार अबको संरचनामा शहरहरु बनाउन सके हाम्रो शहर प्रविधि मैत्रि,सुरक्षित र वातावरणमैत्रि हुने उनीहरुको  दाबी छ।

स्मार्ट सिटि अवधारणामै पुल्चोक इन्जियिनरिङ्ग कलेजका इलेक्ट्रोनिका विद्यार्थीहरु सागर भण्डारी,श्रीरीस श्रेष्ठ र राजील बज्रचार्यको समुहले भने स्मार्ट घरको अवधारणा बनाएर प्रस्तुत गरेका थिए । जसमा रिमोटले घरको ढोका खोल्ने, मुख्य द्धारमा डिजिटलाइजेसन गरि नम्बर थिचेर लक खोल्ने , गाडि पार्किङकोलागि पनि अत्याधुनिक उपकरण प्रयोग गरिएको तयार पारिएको नमुना प्रस्तुत गरेका थिए । प्रदर्शनीमा स्मार्टगल्ली,स्मार्ट कार, समुदायमा प्रयोग गरिने स्मार्ट बायो स्यान्ड फिल्टर र ड्रोनको नमुना प्रस्तुत गरेका थिए।

‘स्मार्ट शहरमा एक ठाउबाट अर्को ठाउमा समान तथा औषधि पुर्याउन ड्रोनको प्रयोग अति आवश्यक भएकोले यो अवधारणा ल्याइएको हो ,’सोसाइटि अफ मेकानिकल इन्जियरिङ्ग स्टुडेन्ट(सोमेस)का कार्यक्रम संयोजक पुरक अधिकारीले भने‘उनले इन्जिनियरिङ्गका विद्यार्थीले आफुले अध्ययन गरेका विषय बस्तुलाई आफनो प्रस्तुततिबाट दर्शक माझ देखाउन पाउँदा थप सिप तथा ब्यवहारिक ज्ञान हासिल भएको छ। ’  

शुक्रबार कलेज प्रङ्गणमा ड्रोन रेसिङ प्रतियोगिताको समेत आयोजना गरिएको थियो । विद्यार्थीहरुले आफैले तयार पारेको ड्रोनलाई प्रतियोगितामा उतारेका थिए । प्रतियोगितामा एडभान्स,खोप,इसलिंटन,नेसनल कलेज अफ इन्जिनियरिङ्गको ड्रोन सहभागिता जनाएका थिए । भने इलेक्ट्रोनिका विद्यार्थी रिचन जोशीले ब्यक्तिगत रुपमा तयार पारेको ड्रोन परि प्रतियोगितामा सहभागिता जनाएको लोकसका विष्णु तिवारीले जनाए । ‘स्मार्ट सिटिको अवधारणामै ड्रोन प्रीतयोगिता गरिएको हो,’तिवारीले भने‘ड्रोनमा जडान गरिएको जिपिएसले जसको सहयोगमा निश्चित ठाउमा ड्रोनले समान पुर्याउन सक्छ।’

यसैगरि अर्को तर्फ मेकानिकल इन्जिनियरिङ्गका विद्यार्थीहरुको संस्था सोमेसले आयोजना गरेको सपना देखौं साकार पारौं थिममा मेकानिकल इन्जिनियरिङ्गका विद्यार्थीले विभिन्न सामाग्री प्रस्तुत गरेका थिए ।
 आठौं राष्ट्रिय मेकानिकल इन्जिनियरिङ्ग प्रदर्शनीमा रोबोबल  प्रतियोगिताको आयोजना गरिएको थियो । आइतबारसम्म चल्ने प्रतियोगितामा  शुक्रबारबो खेलमा युनाइ टेड,एडभान्स कलेज अफ इन्जिनियरिङ्ग एन्ड म्यानेजमेन्ट,ट्रिनिटि,सगरमाथा ईकलेज,केएमसि,कृएटिभ एकेडमीका विद्यार्थीले भाग लिएका थिए । आइतबार हुने अन्तिम चरणमा बिजेता टिमले २० हजार नगद पुरस्कार पाउने छन् । भने ड्रोन प्रतियोगितामा विजेता टिमले ४० हजार नगद पुरस्कार पाउने ब्यवस्था आयोजकले गरेको छ।

पुल्चोक इन्जिनियरिङ्ग कलेजका प्रा डाप्रमोद श्रेष्ठले  गुरुहरुले कक्षामा सिकाएको ज्ञानलाई ब्यवहारमा उतार्न प्रदर्शनीले ठूलो सहयोग गर्ने जनाए । उनले इन्जिनिरिङ्गका विषयहरु पुणतयःप्राक्टिकल भएकोले विद्यार्थीले आफैले अध्ययन समाग्री खोजेर त्यसलाई ब्यवहारमा उतारेर प्रस्तुति तयार पार्ने गरेको उनले जनाए । ‘हाम्रा विद्यार्थीले मेलाहरु आफै ब्यवस्थापन गर्छन् । यसले अध्ययनकासाथै कार्यक्रम ब्यवस्थापन र आयोजना गर्ने सिप उनीहरुले सिक्छन्,’श्रैष्ठले नागरिकसँग भने‘उनीहरुको सृजना दर्शक सामु प्रस्तुुत गरि त्यसलाई ब्याख्या गर्ने सिप सिक्नछन् । यसले उनीहरुको केरिअरमा समेत सकरात्मक असर गर्छ ।’प्रदर्शनीमा ड्रोन प्रतिस्पर्धामा कुरुक्षेत्र, मेकाट्रिक्स फुटबल लिग, रोबो लिग, गो कार्ट रेसिङ, एरोनेटिकल मोडल, अटोमोबाइलका प्रदर्शनी, प्लस टुको डिजाइन प्रतिस्पर्धा, बिइको डिजाइन प्रस्तुत गरिएको छ।

 

प्रकाशित: २१ माघ २०७४ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App