coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिमण्डलमा विस्तारमा प्रभु साह आक्रोशित

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गर्न लागेको मन्त्रिपरिषद विस्तारप्रति सोही पार्टीका सांसद प्रभु साहले असन्तुष्टि जनाएका छन्। पार्टी भित्र कुनै छलफल नै नगरी तथा राय सल्लाह नै नलिई मन्त्रिमण्डल विस्तार गरेको भन्दै प्रधानमन्त्री दाहाल अझै पनि गुट भन्दामाथि उठ्न नसकेको उनको आरोप छ ।

‘मैले सोचेको थिए, देशको समस्या समाधान गर्नका लागि उहाँ कटिबद्ध भएर प्रधानमन्त्री हुनु भएको हो तर मन्त्रिमण्डल विस्तारको क्रममा जुन खालको संकेत गर्नु भयो, त्यसले देशलाई निकास दिन नसक्ने संकेत देखा परेको छ’, साहले नागरिकन्युजसँग भने । उनका अनुसार आफना गुट र आफन्तलाई मात्रै मन्त्रिमण्डलमा समावेश गरेर समावेशी र समानुपातिकको धज्जी उडाउने काम गरिएको छ ।

माओवादीले पठाएका ७ जना मन्त्रीमा एकजना पनि महिला परेका छैनन भने एकजना मात्रै मधेसी समुदायबाट प्रतिनिधि गराएर समावेशी र समानुपातिक सिद्धान्तको धज्जी उडाएको उनको आरोप छ।

 

प्रकाशित: ३० श्रावण २०७३ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App