coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफलाई उपाधि

काठमाडौं – विभागीय क्लब सशस्त्र प्रहरी बल (एपिएफ) ले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेलमैदानमा बिहीबार भएको १३औं संकरणको फाइनलमा एपिएफले शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गत वर्ष रिड मोडलले उपाधि जितेको थियो । रिड मोडलले १३औं संस्करणमा सहभागिता जनाएन।

प्रतियोगितामा अपराजित रहेको एपिएफले १७ खेलबाट ५०अंक बटुलेको थियो । दोस्रो स्थानको डायमण्ड एकेडेमी ४ अंकले पछि प¥यो।

अन्य दिनमा भन्दा कमजोर प्रदर्शन गरेको न्यु डायमन्डले पहिलो सेट २५–१६ ले गुमाएको थियो । दोस्रो सेट २५–१७ ले गुमाएको न्यु डायमन्ड एकेडेमीले तेस्रो सेटमा पनि राम्रो प्रदर्शन गर्न सकेन । एपिएफले तेस्रो सेट २५–१२ जितेको थियो ।
शनिबारै पोखराको टप्स उच्च माविले नेपाल पुलिस क्लबमाथि ३–२ को विजय हासिल गरेको थियो । टप्सले २५–२१, २५–२७, २५–१९, १०–२५, १७–१५ ले खेल आफ्नो पक्षमा पारेको थियो । जितसँगै १७ खेलबाट ३५ अंक जोडेका टप्सले तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य ग¥यो।

उपाधिसँगै एपिएफले ३ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार जित्यो । उपविजेता न्यु डायमन्ड एकेडेमीले १ लाख ७० हजार रुपैयाँ पुरस्कार जित्यो।

न्यु डायमण्डकी सलिना श्रेष्ठ लिबेरो र कृपा अधिकारी उत्कृष्ट लिफ्टर घोषित भए । विजयी टोली एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट ब्लकर घोषित हुँदा ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक बने । नेपाल पुलिस क्लबकी कोपिला राना क्विकर र टप्सकी अरुणा शाही उत्कृष्ट सर्भर घोषित भए । एपिएफकी नेबिका चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् ।  सबैले समान ५ हजार रुपैयाँ नगद पुरस्कार जिते।

श्रीगाउँ खेलकुद समिति दाङकी शर्मिला नेपाली उदीयमान खेलाडी घोषित भइन् । त्रिभुवन आर्मी क्लबकी निरुता ठगुन्नाले प्लेयर अफ दि सिरिजको उपाधि जित्दा एपिएफकी सरस्वती चौधरीले प्लेयर अफ दी इयर घोषित भइन् । न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट खेलाडी भइन् । उत्कृष्ट सबैले युएम पावर म्याक्स स्कुटर पुरस्कार जिते।

प्रकाशित: २१ माघ २०७४ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App