coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अस्ट्रेलियाको सहज विजय

न्युजिल्यान्डविरुद्ध छक्का प्रहार गर्दै अस्ट्रेलियाका ग्लेन म्याक्सवेल।

सिड्नी – पावर हिटर क्रिस लेन र ग्लेन म्याक्सवेलको उत्कृष्ट ब्याटिङप्रेरित अस्ट्रेलियाले शनिबार त्रिदेशीय ट्वान्टी–२० क्रिकेटमा न्युजिल्यान्डविरुद्ध ७ विकेटको सहज विजय हासिल गरेको छ।

सिड्नी क्रिकेट मैदानमा लेनले ३३ बलमा ४४ रन बनाउँदा म्याक्सवेलले २४ बलमा अविजित ४० रन बनाएका थिए । यी दुईले तेस्रो विकेटका लागि ५३ बलमा ७७ रनको साझेदारी गर्दै घरेलु टोलीका लागि जितको आधार खडा गरेका थिए । वर्षाले खेल प्रभावित बनेपछि अस्ट्रेलियाले १५ ओभरमा ९५ रनको नयाँ लक्ष्य पाएको थियो । जुन घरेलु टोलीले २१ बल छँदै पूरा गरेको हो।

कप्तान डेविड वार्नर र डेब्यु गरेका डी’आर्सी पहिलो तीन ओभरमा पवेलियन फर्केएपछि लेन र म्याक्सवेलले घरेलु टोलीको इनिङ सम्हालेका थिए।

त्यसअघि अस्ट्रेलियाका बलर बेली स्टानलेकले अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्दै न्युजिल्यान्डलाई दबाबमा राखेका थिए । स्टानलेकले ओपनर मार्टिन गुप्टिल ९५०, कोलिन मुनरो ९३०, र टम ब्रुस ९३०लाई आउट गर्दै टस जितेर बलिङ गर्ने कप्तान वार्नरको निर्णयलाई सही साबित गरिदिएका थिए।

स्टानलेकलाई एन्ड्यु्र टाइले ४ विकेट लिएर साथ दिएपछि भ्रमणकारी न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन  बनाएको थियो।

कोलिन डी ग्रान्डहोमले बनाएको अविजित ३८ रन न्युजिल्यान्डका ब्याट्सम्यानले बनाएको सबैभन्दा ठूलो स्कोर हो । त्यसबाहेक रोस टेलरले २४ तथा टम ब्लनडेलले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाले दोस्रो खेल बुधबार इङ्ल्यान्डविरुद्ध खेल्नेछ।

 

प्रकाशित: २१ माघ २०७४ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App