८ वैशाख २०८१ शनिबार
खेल

बंगलादेशलाई श्रीलंकाको दबाब

चित्तागोङ – स्पिनरहरू चम्किएपछि श्रीलंकाले शनिबार दोस्रो इनिङमा महत्वपूर्ण तीन विकेट हात पार्दै बंगलादेशलाई दबाबमा राखेको छ। चौथो दिनको खेल समाप्तिमा बंगलादेश ८१–३ मा खेलिरहेको छ र टोली अझै १ सय १९ रनले पछि छ । पहिलो इनिङमा शतक प्रहार गरेका मोमिनुल हक अविजित १८ रनमा खेलिरहेका छन् ।

ओपनर तमिम इकबाल र इमरुल कायसले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दा बंगलादेशले पहिलो इनिङमा देखाएको लयलाई दोस्रो इनिङमा पनि निरन्तरता दिने संकेत गरेको थियो।

तर १५औं ओभरको अन्तिम बलमा कायस (१९)लाई दिलरुवान परेराले कप्तान दिनेश चण्डीमलबाट क्याच गराएपछि बंगलादेशको विकेट पतन सुरु भएको थियो । त्यस्तै ४१ रन जोडेका इकबाललाई लक्षण सन्दकनले विकेटकिपर निरोसान डिकवेलाबाट क्याच गराएका थिए भने २ रन जोडेका मुस्फिकर रहिमलाई रंगना हेराथले कुशल मेन्डिसबाट क्याच गराएका थिए । ६२ बल खेलेका इकबालले ६ चौका प्रहार गरे।

यसअघि ५०४–३ बाट चौथो दिनको खेल सुरु गरेको श्रीलंकाले थप २ सय ९ रन जोड्दै ७१३–९ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । श्रीलंकाले पहिलो इनिङमा २ सय रनको अग्रता लिएको थियो।

श्रीलंकाका रोशन सिल्भाले १ सय ९ तथा चण्डीमलले ८७ रन जोडे । २ सय ३० बल खेलेका सिल्भाले ६ चौका र १ छक्का प्रहार गर्दा १ सय ८५ बलको सामना गरेका चण्डीमलले ३ चौका प्रहार गरे।

त्यस्तै ६१ बल खेलेका डिकवेलाले आक्रामक ब्याटिङ गर्दै ९ चौकाको मद्दतमा ६२ रन जोडे । बंगलादेशका तैजुल इस्लामले ४ र मेहदी हसन मिर्जाले ३ विकेट लिए।

 

 

प्रकाशित: २१ माघ २०७४ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App