coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशमा दुई हजार कर्मचारी खटाइँदै

काठमाडौं – प्रत्येक प्रदेश प्रमुख कार्यालयमा १८ जनाका दरले प्रशासन तर्फका कर्मचारी पुगेका छन् । बाँकी कर्मचारी पुग्ने क्रममा रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेशमा शाखा अधिकृतदेखि सहसचिवसम्म १ सय १४ जना, खरिदारदेखि नायब सुब्बासम्म १८ सय १३ जना र श्रेणीविहीन ७२ जना कर्मचारी पठाउन लासिगएको सामान्य प्रशासनका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । यतिले नपुगेमा मागअनुसार थप कर्मचारी पठाइने उनले बताए।

प्रदेश प्रमुखको कार्यालयमा प्रशासन सेवाको सहसचिवलाई प्रदेश सचिवको जिम्मेवारी दिएर पठाइएको छ । प्रदेश मन्त्रिपरिषद् कार्यालयमा  विशिष्ट श्रेणी (सचिव) लाई प्रमुख सचिवको जिम्मेवारी दिएर खटाइएको छ । सात जना क्षेत्रीय प्रशासक र दुई जना सचिवलाई प्रमुख सचिवमा पठाइसकिएको छ । प्रदेशसभामा विशिष्ट श्रेणीका सचिव रहनेछन् भने सचिवालय सचिवमा प्रशासनका सहसचिवलाई सचिवको जिम्मेवारी दिएर खटाउन लागिएको छ।
तर केही समयका लागि संघीय संसद् सचिवालयका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उनको नेतृत्वमा कर्मचारी पठाइएको छ । प्रदेशसभा सचिवालयमा २७ जना कर्मचारी रहनेछन्।

प्रदेशसमा रहने सात मन्त्रालयमा विभिन्न संख्यामा कर्मचारी रहने गरी अस्थायी संरचना पारित भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २९ जना पठाइनेछ । प्रशासनसेवाका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उनको नेतृत्वमा कर्मचारी खटाउन लागिएको हो  यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा २७ जना कर्मचारी पठाउन लागिएको छ । यस मन्त्रालयमा प्रशासन सेवाका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उसको नेतृत्वमा कर्मचारी पठाउन लागिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३ कर्मचारी पठाइने भएको छ । नेपाल इन्जिनियरिङ सेवाका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उनको नेतृत्वमा ३३ कर्मचारी खटाउन लागिएको हो।

 सामाजिक विकास मन्त्रालयमा ४१ कर्मचारी रहनेछन् । प्रशासन सेवाका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उनको नेतृत्वमा कर्मचारी पठाइने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३८ कर्मचारी पठाउन लागिएको छ । वन मन्त्रालयका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उनको नेतृत्वमा ३८ कर्मचारी पठाउन लागिएको हो।

भूमि, कृषि तथा सहकारी मन्त्रालयमा ३८ कर्मचारी पठाउन लागिएको छ । कृषि विकास मन्त्रालयका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उनको नेतृत्वमा कर्मचारी पठाउन लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रदेश सचिवालयको सचिवमा (प्रशासनको सहसचिव) लाई जिम्मेवारी दिइनेछ । प्रदेशसभा सचिवालयमा कार्य व्यवस्था शाखा, कानुन तथा विधेयक शाखा, प्रशासन शाखा, योजना तथा प्रविधि व्यवस्थापन शाखा तथा समिति सचिवालय रहनेछन् । एकाइका रुपमा प्रश्न विवरण एकाइ, सदस्य सुविधा एकाइ, आर्थिक प्रशासन एकाइ, मर्यादापालन तथा सुरक्षा एकाइ, प्रविधि व्यवस्थापन एकाइ, अनुसन्धान तथा पुस्तकालय एकाइ, नियमावलीबमोजिमका समिति राख्ने तयारी गरिएको छ।  
प्रदेशमा कहाँ कति कर्मचारी   
प्रदेश प्रमुख कार्यालय : ३०
प्रदेश मन्त्रिपरिषद् कार्यालय : २९
प्रदेशसभा सचिवालय : २७
आन्तरिक मामिला तथा कानुन मन्त्रालय : २९
आर्थिक मामला तथा योजना मन्त्रालय : २७
भौतिक पूर्वाधार तथा विकास मन्त्रालय : ३३
सामाजिक विकास मन्त्रालय : ४१
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय : ३८
भूमि, कृषि तथा सहकारी मन्त्रालय : ३८  

 

प्रकाशित: २१ माघ २०७४ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App