७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश सभा पहिलो बैठकको तयारी पुरा

धनगढी- प्रदेश नम्बर ७ को आइतवार जिल्ला समन्वय समितीको सभाहलमा बस्ने ऐतिहासिक पहिलो प्रदेश सभा बैठकको तयारी पुरा भएको छ। शनिवार सुरक्षाकर्मी(मर्यादापालक) र कर्मचारीलाई प्रदेश सभा भवनको हलमा आइतवार बैठक संचालन गर्ने तरिकाबारे संसदका कर्मचारीले जानकारी गराएका थिए।

आइतवार १ बजे बैठक शुरु हुने छ। जेष्ठ सदस्य ७४ बर्षिय दिव्यश्वरी शाहले पहिलो ऐतिहासिक बैठकको अध्यक्षता गर्नेछन्। बैठक सुरुहुना साथ शहिदको सम्झनामा १ मिनेट मौनधारणा गरिने छ । बैठक संचालन संघीय संसदको परम्परा अनुसार नै गरिने प्रदेश सचिवालय संचालनका लागि आएका उपसचिव मुरारी महतले बताए।

पहिलो बैठकमा एमाले,माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपाका एक ,एक जना प्रदेश सभा सदस्यले बोल्ने छन।

३० जना मर्यादापालक

प्रदेश सभा बैठकमा सुरक्षाका लागि ३० जना मर्यादापालक खटाइने छ। नेपाल प्रहरीका प्रहरी निरीक्षक द्वय भीमदत्त जोशी र हिक्मत बहादुर थापा सहित ३० जना प्रहरी मर्यादापालकमा तोकिएका छन। ५ जना प्रहरी नायव निरीक्षक, २ प्रहरी सहायक निरीक्षक, ७ प्रहरी हवल्दार र १४ प्रहरी जवान मर्यादापालकमा तोकिएका छन्। उनीहरुले संघीय संसदमा जस्तै राष्ट्रिय पोशाक लगाएर बैठकमा खटिने छन्। पहिलो बैठकमा ३० जना नै खटिने छन। शनिवार मर्यादापालकका लागि खटाइएका प्रहरी अधिकृतलाई उप सचिव महतले बस्ने ठाउँ लगायतको तरिकाका वारेमा जानकारी गराएका थिए।

प्रदेश सभा भवन तयार

प्रदेश सभा बैठक बस्ने भवन र भवनको हल आकर्षक रुपमा तयार पारिएको छ। बैठकको अघि उच्च भाग बनाइएको छ। सभामुख र उपसभामुख बस्ने ठाउँमा सिधै जान नसकिने गरि अगाडीको भागमा स्टिलको ग्रिल हालिएको छ। पछाडीको भाग उच्च बनाइएको छ। पछाडी पत्रकार र दर्शक बस्न मिल्ने छुट्टै बनाइएको छ। यसैगरी भवनको अगाडी पर्खाल निर्माण गरिएको छ।

प्रकाशित: २० माघ २०७४ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App