८ वैशाख २०८१ शनिबार
समाज

अवैध लागूऔषधसहित ५ पक्राउ

काठमाडौं – चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्टमा सवारी साधन जाँच गर्नेक्रममा चितवनबाट काठमाडौं आउँदै गरेको बा ५ ख १९७१ नम्बरको माइक्रोबसमा सवार धादिङको गलडाँडा गाउँपालिका–८ बस्ने ३४ वर्षीय उत्तम बराललाई झोलामा लुकाईछिपाई ल्याएको करिब ३ केजी गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको छ। 

यस्तै, धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा १५ च ४८४७ नम्बरको कारमा सवार काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय दिभुषण शेरचनलाई कारमा लुकाई छिपाई ल्याएको करीव ९ सय ग्राम गाँजासहित प्रहरीले हिरासतमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यसैगरी बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेका सोही महानगरपालिका–१ बस्ने १८ वर्षिय अब्दुल आलम, पर्साकै ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने १७ वर्षिय संजिब खड्का र काभ्रेको पनौती नगरपालिका–९ बस्ने २१ वर्षिय राजिब थापालाई अवैध लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ। 

चेकजाँचका क्रममा अब्दुलको साथबाट नाइट्रोभेट ट्याब्लेट ९१ पिस र स्पासमो ७ पिस, संजिबको साथबाट नाइट्रोभेट ट्याब्लेट ९१ पिस र राजिबको साथबाट नाइट्रोभेट ट्याब्लेट ९१ पिस लागूऔषध बरामद भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: २० माघ २०७४ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App