८ वैशाख २०८१ शनिबार
समाज

जनकपुर– भिट्ठामोड सडकखण्डमा बस सेवा बन्द

महेन्द्रनगर (धनुषा)- जनकपुर–भिट्ठामोड सडकखण्डमा बस सेवा बन्द गरिएको छ । वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सो सडकखण्ड मर्मतसम्भार गर्न सम्बन्धित निकायबाट पहल नभएको भन्दै उक्त रुटमा बस सेवा बन्द गरिएको हो । जीर्ण सडकको कारण सो सडकमा बस चल्ने अवस्था नरहेको, पटक–पटक दुर्घटना हुने गरेको कारण सेवा बन्द गर्नुपरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।

धनुषाको सदरमुकाम जनकपुर र महोत्तरीको सदरमुकाम जलेश्वर जोड्ने भिट्ठामोड सडकखण्डमा बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो । बस सेवा बन्द भएपछि भारतबाट आउने भक्तजन तथा स्थानीय यात्रीलाई समस्या भएको छ । राजमार्ग कालोपत्र गर्न सकिए जलेश्वरनाथ महादेवलाई धार्मिक पर्यटन स्थलका रुपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

पाँच वर्षअघि भारतको सहयोगमा मर्मत सुरु भएको उक्त सडकको काम पूरा हुन सकेको छैन । भिट्ठामोड–जलेश्वर–जनकपुर सडकको एउटा खण्ड रु ६० करोड तथा अर्को खण्ड रु ६२ करोडमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइपनि काम हुन सकेको छैन । कालोपत्र गर्ने ठेक्का पाएको भारतीय कम्पनी भिस्वा विभिएस आर जेभीले काम नगरेपछि निर्माण कार्य अघि बढ्न नसकेको बताइएको छ । रासस

प्रकाशित: ३० श्रावण २०७३ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App