७ वैशाख २०८१ शुक्रबार
समाज

बाग्मती सफाई अभियानमा शाखा अधिकृतका नवप्रवेशिहरु

काठमाडौँ - उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा एक हजार भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन्।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो। नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक कामिनीराज भण्डारीको नेतृत्वमा ४०० भन्दा बढी कर्मचारीको उपस्थिति थियो। सफाइमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शाखा अधिकृतको तालीम लिइरहेका ८८ जना पनि सहभागी थिए।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०८ औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए।

रुद्रमती सफाइको २०३ औँ हप्तामा रातोपुल–गौशाला–पुरानोबानेश्वर–सेतोपुल हुँदै रातोपुलसम्म जनचेतनामूलक सफाइ अभियान गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए।
आगामी हप्ता सफाइ अभियानले २०० हप्ता पार गरेकामा नदीका १० स्थानमा छिरेर विशेष सफाइ गरिने भएको छ।
विष्णुमती सफाइको १७५ औँ हप्तामा तारकेश्वर नगरपालिका–९ मनमैँजु पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता वीजेन्द्र लामाले जानकारी दिए। रासस

 

प्रकाशित: २० माघ २०७४ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App