coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध काठसहित एक पक्राउ

धरान- घरमा लुकाइ राखेको चिरान गरेको अवैध काठसहित धरान प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

धरान १७, इन्द्रेणी मार्गका इन्द्रबहादुर मगरलाई सखुवाको चिरानी काठसहित प्रहरीले शुक्रबार राती उनको घरबाट नै पक्राउ गरेको हो। बिशेष सूचनाको आधारमा रेल्वेस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मगरलाई घरबाट पक्राउ गरेको डिएसपी रामेश्वर पौडेलले बताए। उनका अनुसार मगरको साथबाट १४ वटा चिरान काठ भेटिएको छ । जुन ६ किवि ८ फुट भएको प्रहरीले जनाएको छ । ‘काठसहित पक्राउ परेका व्यक्तिलाई वन कार्यालयमा बुझाउछौं, वन ऐनअनुसार कारबाही हुन्छ,’डिएसपी पौडेलले भने।

पक्राउ परेका मगर टेम्पो चालक हुन् । उनले भने काठबारे आफुलाई थाह नभएको प्रारम्भिक वयान दिएका छन् । प्रहरी हिरासतमा रहेका उनले भने,‘घरमा कस्ले ल्याएर राखेको हो थाह भएन, मलाई फसायो।’ प्रहरीले भने उनको घरभित्र कोठाबाट नै काठ वरामद भएकोले थाह नहुने वयान झुटो भएको जनाएको छ। डिएसपी पौडेलले भने,‘घरभित्रै कोठामा काठ भेटिएको थियो, थाह छैन भन्नु गलत हो।’

प्रकाशित: २० माघ २०७४ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App