४ वैशाख २०८१ मंगलबार
समाज

नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ।

नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो । यसरी नियमित चेक नहुँदा, पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने बगरकोट स्वास्थ्य चौकीका अहेब मदनराज भाटले बताए।

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हुँदा उनीहरुलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले प्रोत्साहन भत्ताको व्यवस्था गरी नियमित चेकजाँच गराउनका लागि सो व्यवस्था गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताइन्।

गर्भ रहेको थाहा भए देखि नै नियमित नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा आमा चेक गराउन भन्ने उद्देश्यले प्रोत्साहन भत्ताको व्यवस्था गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी गराइन् । गर्भवतीलाई पूर्णरुपले सेवा भोग नगरेको अवस्थामा चार पटकसम्म नियमित चेकजाँच गरेको र प्रसूति सेवा लिई स्वास्थ्य चौकीमा नै गराएको आमालाई रु २०० का दरले ५ दिनसम्मको भत्ता र खानाको व्यवस्था गरिएको अध्यक्ष भट्टले बताइन्।  (रासस)

प्रकाशित: २० माघ २०७४ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App