रियो दि जेनेरियो –कप्तान नेमारको गोलमा आयोजक ब्राजिल कोलम्बियालाई पराजित गर्दै ओलम्पिक पुरुष फुटबलको सेमिफाइनमा प्रवेश गरेको छ।
आज विहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई २–० गोल अन्तरले पराजित गरेको हो। नेमारले खेलको १२ औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा थप एक गोल गर्दै लुआनले ब्राजिलको सेमिफाइनल यात्रा सुनिश्चित गरेका थिए ।
ब्राजिलले बुधबार हुने सेमिफाइनमा होन्डोरसको सामना गर्नेछ। दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै होन्डोरस सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै नाइजेरियाले डेनमार्कलाई २–० र जर्मनीले पोर्चुगललाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा एक आपसको भीडन्त पक्का गरे ।
प्रकाशित: ३० श्रावण २०७३ ०७:१३ आइतबार