coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक पुरुष मृत फेला

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ थिङ्लावुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका पुरुष सोहि गाउँपालिकाका बस्ने ४९ वर्षिय सुकबहादुर लिम्बू रहेको प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार उनी गत माघ १ गते घरवाट हिँडेका थिए । घरायसी बिबादमा श्रीमती सुकमायालाई कुटपिट गरी फरार रहेका उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
सामान्य घाईते सुकमायाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको सो वडाका वडाअध्यक्ष लाक्पातेम्बा शेर्पाले जानकारी दिए।

 

प्रकाशित: २० माघ २०७४ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App