८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

पाँचथर – मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ–३ को सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

ताप्लेजुङको सिनामाबाट पाँचथर सदरमुकाम फिदिम आउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रेम कुमार शाहका अनुसार  एक जना घाईते  भएका छन् ।

उनका अनुसार मृत्यु हुनेमा चालक भुपेन्द्र दर्जी र सवार कमल भटराई रहेका छन् । दर्जी सिनामका  निवासी हुन् भने भटराईको ठेगाना खुलेको  छैन । घाईतेको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ । घाईतेको नाम ठेगाना नखुलेकाे  शाहले जानकारी दिए । शनिवार विहान मे १ त ३४०६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

प्रकाशित: २० माघ २०७४ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App