६ वैशाख २०८१ बिहीबार
राजनीति

नेविसंघ विवाद उत्कर्षमा, पौडेल पक्षले मतदानमा भाग नलिने

काठमाडौं–सभापति  शेरबहादुर देउवा पक्षले फर्जी मतदाता थप गरेको भन्दै नेविसंघको जारी महाधिवेशनमा नेता रामचन्द्र पौडेल पक्षधरले भाग नलिने भएको छ। आफू अनुकुल फर्जी मतदाता थप गरेको भन्दै पौडेल पक्षधरले  मतदाता नामावली नसच्याएसम्म निर्वाचनमा भाग नलिने भएको हो।
पौडेल पक्षधर प्रदेश नम्बर–३ बाट उपाध्यक्षका प्रत्यासी भरत खड्काले कहिल्यै नदेखिएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरेको भन्दै मतदाता नामावली नसच्याएसम्म निर्वाचनमा भाग नलिने बताए। उनीहरुले अहिले केही बरेमा पत्रकारसम्मेलन गर्ने तयारीसमेत गरेका छन्।
यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई फोन सम्पर्क गरी मतदाता नामावलीको विवाद समाधान गर्न आग्रह गरेका छन्। पौडेलले सबैको सहमतिमा २२ सय मतदाता नामावली तय गरेको भन्दै पौडेलले दुवै पक्षको सहमतिमा त्यो संख्या ३४ सय पुर्याएपनि फेरि एकपक्षीय रुपममा किन ३७६० पुर्याएको भन्दै प्रश्न गरेका थिए। जवाफमा देउवाले ‘यो विद्यार्थीको कुरा हो जे गर्छन उनीहरुले नै गर्छन, त्यसमा तपाइले धेरै चिन्ता लिनुपर्दैन,’ भनेका थिए।

नेता पौडेलका स्वकीय सचिव चिरन्जिवी अधिकारीका  अनुसार पौडेलले आइतबार सभापति देउवालाई फोन गरी मतदाता नामावलीमा देखिएको विवादबारे चासो राखेका थिए। तर देउवाले विद्यार्थीको विषय विद्यार्थीले नै समाधान गर्ने  बताएका थिए।

 

प्रकाशित: ३० श्रावण २०७३ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App