८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी केन्द्रले मन्त्रीको टुंगो लगायो

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले आज आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्ने भएका छन्। नेकपा माओवादी केन्द्रले आफ्नोतर्फबाट चार जनाको नाम टुंगो लगाएपछि दाहालले अाज तेस्राे पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। माअाेवादी केन्द्रले जनार्दन शर्मा उर्जा, राम कार्की सूचना तथा संचार, हितराज पाण्डे स्थानीय विकास, डिआर पौडेललाई शिक्षा र अजय शंकर नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ।

मधेसी कोटाबाट प्रभु साहको नाम आएपनि अन्तिम समयमा उनको नाम परेन।  उनीहरुलाई आजै तीन बजे पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम छ।  प्रधानमन्त्री निजी सचिवालयले राष्ट्रपति कार्यालयलाई मन्त्रिपरिषद विस्तारको जानकारी शनिबार नै दिएको थियो।

११ दिनअघि प्रधानमन्त्री निर्वाचित भएका दाहाल मन्त्रिपरिषदमा अहिले ९ जना मात्र मन्त्रीहरु छन्।  प्रमुख सत्ता सहयात्री नेपाली कांग्रेसले आफ्नोतर्फबाट मन्त्रीको टुंगो नलगाउँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो। नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार काँग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ ।

 

प्रकाशित: ३० श्रावण २०७३ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App