७ वैशाख २०८१ शुक्रबार
खेल

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

पोखरा – पोखरामा जारी १६ औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र नेपाल पुलिस क्लब आमने सामने हुदैछ। खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

थ्री स्टारले क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एफिएफ र सेमिफाइनलमा बंगलादेशको उत्तर बरिन्धरा फुटबल क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यता पुलिसले पहिलो खेलमा झापा ११,  क्वाटरफाइनलमा बलियो प्रतिद्धन्दी मनाङ मस्र्याङ्दी र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरेका थियो।

थ्री स्टार एक हप्तामा २ वटा उपाधि नजिक छ । अघिल्लो शनिबार सुनसरीमा सम्पन्न मदन भण्डारी इटहरी गोल्डकपको फाइनलमा मनाङलाई हराउदै थ्री स्टारले उपाधि उचालेको थियो । एन्फासँगको बिबादका कारण करिब १३ महिनापछि खेलमा फर्किएको थ्री स्टारले सुदूरपश्चिममा भएको खप्तड गोल्डकपमा सहभागि जनाएपनि पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसपछि इटहरी गोल्डकपमा सहभागिता जनाउदै उपाधि हत्याएको थ्री स्टार आज सोही लय दाहोर्याउने लक्ष्यका साथ मैदान उत्रदैछ।

पुलिसको तुलनामा थ्री स्टारका खेलाडी सिनियर र अनुभवी रहेकाले उपाधि जित्न सहज देखिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीसहित ए डिभिजनबाट प्रतिनिधित्व गर्ने खेलाडी बिक्रम लामा, अनन्त तामाङ, एलन न्यौपाने, विजय धिमाल, रजिन धिमाल, सुनिल बल, बुद्ध चेम्जोङ, निराजन खड्का र २ विदेशी खेलाडी पिटर सेगुन र अजेयी मार्टिनको थ्री स्टारमा रहेकाले टोली बलियो देखिएको छ।

यता नेपाल पुलिस क्लब पनि निकै फर्ममा रहेकाले थ्री स्टारलाई कडा चुनैती दिने अनुमान गरिएको छ । आहा रारा गोल्डकपको एक सफल टोली पुलिसमा नयाँ र युवा खेलाडी रहेका छन् । प्रतियोगितामा उपाधि दाबेदार टिमबिरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको पुलिस थ्री स्टारलाई हराउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ।

पछिल्लो समय खराव प्रदर्शन गर्दै आएको पुलिसले यहि महिना भएको राखेप च्याम्पियनसिपको उपाधि भने जितेको थियो । अब त्यही नतिजा निकाल्ने सोचमा पुलिसको युवा टोली रहेको छ । पुलिसले यो टिममा धेरै आशा राखेकाले पुरानो साख जोगाउने चुनैती पनि छ । पुलिसका खेलाडी फिजिकल्ली र टेक्निकल्ली रुपमा फिट रहेकाले थ्री स्टारका लागि घातक बन्न सक्ने अनुमान गरिएको छ । तर थ्री स्टारका जस्ता अनुभवी र सिनियर खेलाडी नरहेकाले पुलिसमा अनुभवको खाचो भने देखिएको छ।  

पुलिसमा सुमन लामा शत्रुध्वन चौधरी, निरकुमार राई, हेम तमाङ, रवि पासवान, अजित भण्डारी, दिनेश राजबंशी र तेज तामाङमा जस्ता उदयमान खेलाडी रहेकाले टिम मजबुत देखिएको छ।  

दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि उचाल्ने प्रतिक्रिया दिसकेका छन्। आजको फाइनल खेल निकै प्रतिस्पर्धी र रोमाञ्चक हुने अनुमान गरिएको छ।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

प्रकाशित: २० माघ २०७४ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App