७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सेल्फीमान्डु


शब्दः सञ्जय थापा

तस्बिरः प्रबिन कोइराला

काठमाडौ– ‘आउ डार्लिङ तिमी र म घुम्न जाउलाँ

अंगालो मारी मुस्कुराउँदै सेल्फी हानौला’

हिजोआज यो गीतको चर्चा जति छ सेल्फी खिच्ने लहर पनि उत्तिकै बढ्दो छ। युवापुस्ता सेल्फीमा निकै रमाउने गरेको छ।

सेल्फी खिच्ने जोडीको हाउभाव पनि हेर्न लायक हुन्छ । युवा मात्रै हैन हरेक उमेर समूहमा सेल्फीमोह बढ्दो छ । मोवाइलको प्रयोगसँगै मोवाईलले भित्र्याएको ‘सेल्फी कल्चर’ ले राजधानिसहित देशका सबैजसो सहरलाई गाँज्दै लगेको छ। सहरीया युवा पुस्ता सेल्फीको लतमा चुर्लुम्मै डुबेको छ भन्दा फरक नपर्ला।

सेल्फीको लतमा नेतादेखि अभिनेतासम्म रमाउँदैछन्। सेल्फी खिचेर सामाजिक संजाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा पोष्ट गर्ने क्रम बढ्दो छ।

राजधानीका ठूला सपिङ सेन्टर, मल, रेस्टुरेन्ट तथा पर्यटकीय क्षेत्रमा होस् वा घर, अफिसको प्राङ्गढ वा कोठा÷कार्यकक्षसम्म सेल्फी संस्कृति मौलाएको छ।

यदाकदा विद्यालय क्षेत्रलाई मोवाईल निषेधित क्षेत्र बनाउने चर्चा पनि चल्ने गरेकै हो। तर अहिले स्कुल र क्याम्पसका कक्षा कोठामै सेल्फी खिचेका दृश्य हेर्न विद्यार्थीका मात्रै हैन शिक्षकका फेसबुक वाल हेरे पुग्छ।

सेल्फी कहाँ छैन? भान्छा कोठा, कार्यालय, अस्पताल, स्कुल–कलेज, संसद भवन, सिंहदरबारदेखि गाउँका कुनाकाप्चासम्म सेल्फीको आयतन फैलिदो छ। राजधानीको वसन्तपररमा आफ्ना साथीहरुसँग सेल्फी खिच्दै रमाइरहेकी मनिसा थापाले आफुलाई सेल्फी खिच्न रमाइलो लाग्ने बताइन् । उनले भनिन् ‘ सेल्फी खिच्न मलाई असाध्यै मनपर्छ , अझ सेल्फी सामाजीक संजालमा पोस्ट गर्दा अन्य पोस्ट गरिएका तस्बिर भन्दा बढि रुचाइन्छ र कमेन्ट पनि बढि आउछ ।

उत्सवमा त सेल्फी सुहाउँछ पनि तर शोकका घडिमा पनि सेल्फी खिचेर पोष्ट गरेका भेटिन्छन्। पशुपति आर्यघाटमा नेता वा सेलिब्रिटीको अन्तिम दाहासंस्कारको क्षणमा समेत सेल्फी खिचेका तस्बिर आलोचित भएका र भाइरल भएका सायद धेरैलाई सम्झना होला।

यति हुदाँ हुदैपनि नेपालमा सेल्फी कति युवायुवतीले सेल्फी खिच्छन् र सेल्फीका क्रममा दुर्घटनामा भएका दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन तथ्य हाल सम्म नराखिएको काठमाडौँ प्रहरीका प्रवक्ता मानव जोशीले बताए । जोशीले भने ‘अहिले युवा युवतीमा सेल्फीको चलन बढेको देखिन्छ र नेपालमा कुनै पनि स्थानमा सेल्फी खिच्न प्रतिबन्ध लगाइएको छैन । उनले गत फाल्गुनमा सेल्फी खिच्ने क्रममा दुई युवती नारायणी नदिमा  खसेको र सो घटनामा एक युवती बेपक्ता भएको बाहेक अन्य त्यस्ता घटना नभएको बताए ‘ नेपालमा सेल्फीकै क्रममा दुर्घटना भएका खासै घटना छैनन् र त्यस सम्बन्धी हामीले कुनै विवरण राख्ने गरेका छैनौ जाोशीले थपे ।

अहिले अरुको ध्यान खिच्न पनि सेल्फी खिच्ने गरेको भेटिन्छ। भिडभाडमा युवायुवती समूहबद्ध भएर सेल्फी खिच्दै गर्दा हेर्नेहरु नै दंग पर्छन्। यसका लागी उनीहरुले आफ्नो मोवाइल फोनमा उपलब्ध रेट्रिका,क्यान्डि क्यामरा फर सेल्फि, बि सिक्स १२,रेट्रोसेल्फि जस्ता मोवाइल एपको प्रयोग गर्छन्।

सेल्फिकै क्रेजमा रमेका युवायुवती अनलाइनमार्फत नै आफुले चाहेको सेल्फी स्टिक लिने गरेको पनि बताए । साथै राजधानीमा सेल्फीकै कारण बजारमा उपलब्ध सेल्फी स्टिक व्यापारीले पनि राम्रै व्यापार गरिहेका छन्।  सुन्धाराको सडक पेटिमा सेल्फी स्टिक बेचिरहेका काभ्रेका रविन्द« लामाले भने ‘ अहिले सेल्फी खिच्ने चलन बढेसंगै यसको व्यापार पनि रामै्र छ । सोहि स्थानमा सेल्फी स्टिक खरिद गदै गरेका लरेन्स लामाले भने ‘ यहाँ अन्य स्थानमा भन्दा सस्तोमा छानीछानी सेल्फी स्टिक पाइन्छ ,त्यसैले अन्य मोवाइल पसलमा किन्नु भन्दा फुटपाथमा किन्नु  सजिलो लाग्छ।

बैशाख १२ को महाभूकम्प पछि सुन्धारमा अव्यवस्थित धरहरको भग्नावशेष अहिले राजधानीको प्रमुख सेल्फी खिच्ने ठाउँ बनेको छ। सम्झनाकै लागि भएपनि धरहराको भग्नावशेषमा सेल्फी खिच्न मानिसहरु तल्लिन देखिन्छन्। त्यस्तै धरहराको भग्नावशेसमा सेल्फिी खिचिरहेका दिनेश खड्काले भर्ने  आफुलाई मनपर्ने स्थानमा आफै तस्बिर खिच्न कुनै समस्या होला जस्तो मलाई लाग्दैन ,सेल्फीकै कारण अरुको भर पनि पर्नु पर्दैन, त्यसैले सेल्फि खिच्दै सामाजीक संजालमा पोस्ट गर्नुृको बैग्लै मज्जा छ ।


सेल्फी खिच्दा रमाइलोसँगै महत्वपूर्ण क्षणलाई खेर जान नदिने र त्यसलाई संग्रह गरेर पछिसम्म सम्झनाका लागि राख्नु नराम्रो पनि हैन। साथीभाई तथा इस्टमित्रसँग बिताएका रमाइला पललाई तुरुन्तै अरुको भर नपरि आफ्नो मोवाइलमा कैद गर्ने मौकाको सदुपयोग गर्नुलाई नराम्रो मान्न सकिदैन। तर सेल्फीका थुप्रै नकारात्मक असरहरु पनि देखिन थालेका छन्।

सेल्फी फेसनले रमाइलो घटना कैद गर्नुका साथै सेल्फीका लागी आत्मकेन्दि«त हुदाँ यसलाई नराम्रो मानिन्छ। मानिस सेल्फि खिच्न त्यती तल्लिन भैदिन्छ कि उसले त्यहाँ ओर पर भएको खतराको कुनै परबाह गर्दैन। परिणाम उ शारीरिक तथा मानसिक रुपमा अस्वस्थ बन्छ। विशेषतः युवापुस्तामा सामाजिक संजालमा पोष्ट गरिएका आफ्ना सेल्फी अन्य सामाजिक संजालमा जोडिएका साथीहरुले लाइक तथा कमेन्ट नगर्दा निराश भैदिन्छन्। फलस्वरुप उनीहरु मानसिक रुपमा विछिप्त बनिदिन्छन्। साथै सेल्फीकै क्रममा उनीहरुले आफ्नै ज्यानै गुमाउन सक्छन्। विश्वमा सेल्फीकै कारण मानिसले आफ्नो ज्यानै गुमाएका कयौं उदाहरण छन्। अहिले न्युड सेल्फिले पनि युवायुवतीमा नकारात्मक प्रभाव पारेको छ। छिमेकी मुलुक भारतमा सेल्फी खिच्ने क्रममा ज्यान गुमाउनेको संख्या बढ्दो रहेको तथ्यांकले देखाउँछ। त्यसैले मुम्बई प्रहरीले शहरका १३ स्थानमा सेल्फी खिच्न प्रतिबन्ध लगाएको छ। नेपालमा पनि सेल्फी खिच्ने क्रममा ज्यान गुमाउनेको संख्या बढ्दो छ। गत फागुनमा नारायणी नदीमा सेल्फी खिच्ने क्रममा एक युवती वेपत्ता भएकी थिइन्।

त्यसैले प्रविधिको सहज उपलब्धसँगै बढेको सेल्फी सस्ंकृतिको प्रयोग गर्दा ध्यान दिन जरुरी छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App