८ वैशाख २०८१ शनिबार
खेल

राजु रिजालको शतक

काठमाडौं – राजु रिजालको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले शुक्रबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइओइ थापाथलीमाथि १ सय ४ रनको रबाफिलो जित हात पारेको छ।

आर्मीले प्रस्तुत गरेको २ सय २० रनको लक्ष्य पछ्याएको आइओइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन मात्र जोड्न सक्यो।
आइओइका आयुश थापा र सुशील भट्टले समान २७÷२७ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
आइओइलाई सस्तोमा समेट्ने क्रममा आर्मीका राहुल बिक, राजु चौधरी र चन्द्र साउदले समान २÷२ विकेट लिए।

यसअघि टस हारेर सुरुआती ब्याटिङका लागि उत्रिएको आर्मीले राजुको अविजित १ सय ७ र इन्द्रकुमार मानन्धरको ८० रनमा निर्धारित २० ओभरमा २ सय १९ रनको विशाल योगफल खडा गरेको थियो।

शुक्रबार सम्पन्न अर्को खेलमा अल्टिमेट इन्डोर क्रिकेटले मालपोखरी क्रिकेट क्लबलाई ४० रनले पराजित ग¥यो । अल्टिमेटले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको मालपोखरी १७.५ ओभरमा मात्र १० रनमा समेटियो।

 

 

प्रकाशित: २० माघ २०७४ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App