फागुन १ गतेदेखि ‘बक्स अफिस’ लागू

शुक्रबार, १९ माघ २०७४, २१ : ५७ नागरिक

काठमाडौं – सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ।

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा सो प्रणाली लागू हुने भएको हो।

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले आज सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भेटी सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकमलगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्नेलगायत विभिन्न माग गरेका थिए।

पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र घरमा, दोस्रो चरणमा काठमाडौँ उपत्यकामा रहेका अन्य चलचित्र घरमा र अन्तिम चरणमा २०७५ माघ १ गतेदेखि उपत्यका बाहिर सञ्चालनमा रहेका चलचित्र घरमा सो प्रणाली लागू गरिने छ।

बक्स अफिस सिस्टम लागू गर्न सहमत भएसँगै चलचित्र व्यवसायीले सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकमलगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्नेलगायत विभिन्न माग गरेको छन्।

सो अवसरमा सञ्चारमन्त्री बस्नेतले चलचित्रको जाँच गर्ने सन्दर्भमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघकोतर्फबाट केन्द्रीय चलचित्र जाँच समितिमा एक÷एक जना प्रतिनिधिलाई आमन्त्रित सदस्यका रूपमा आमन्त्रण गर्न आफू सहमत भएको बताए।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘बक्स अफिस म्यानेजमेन्ट सिस्टम’ लागू भएपछि चलचित्र व्यवसायबाट प्राप्त हुने व्यावसायिक शेयर, कर तथा शुल्कमा पारदर्शी हुने विश्वास व्यक्त गरे।








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad