७ वैशाख २०८१ शुक्रबार
समाज

हतियारसहित ३ जना पक्राउ

महोत्तरी - इलाका प्रहरी कार्यालय बर्दिवासले भरुवा बन्दुक सहित शुक्रबार दिउँसो ३ जनालाई पक्रेको छ।

गोप्य सूचनाको आधारमा इप्रका वर्दिवासबाट खटि गएको गस्ती टोलीले बर्दिवास नगरपालिका ३ पाटु घरभएका ३५ वर्षीय लेकबहादुर कालीकोटे, बर्दिवास नगरपालिका १४ घर भएका ४२ वर्षीय वेदवहादुर हमाल र ५० वर्षीय टंक मल्ललाई तीन थान भरुवा वन्दुक सहित पक्राउ गरेको डिएसपी प्रविण पोखरेलले बताएको छ।

कालिकोटेलाई पाटुबाटै एक थान भरुवा वन्दुक र हमाल र मल्ललाई बर्दिवास नगरपालिका २ स्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत पर्ने कुर्मिघारी भन्ने ठाउँबाट एक एक थान गरि दुई थान भरुवा वन्दुक सहित पक्राउ गरिएको डिएसपी पोखरेलले बताएको छ।

प्रारम्भिक अनुसन्धानमा तीनै जना भरुवा वन्दुक बोकेर जंगलमा शिकार खेल्न गइ रहेको अवस्थामा पक्राउ परेको डिएसपी पोखरेलले बताएको छ। तिनै जनालाई अहिले इप्रका बर्दिबासको हिरासतमा राखिएको र उनीहरु माथि हातहतियार तथा खरखजान अन्तर्गत मुद्धा चलाईने पोखरेलले बताएको छ।

प्रकाशित: १९ माघ २०७४ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App