६ वैशाख २०८१ बिहीबार
कला

‘पद्मावत’ हेर्न गएकी युवतीको हलभित्रै बलात्कार

मुम्बई – भारतमा सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’ हेर्न पुगेकी एक युवतीको हलभित्रै बलात्कार भएको छ। घटना भारतको हैदरावादको हो। उनी फेसबुकबाट चिनजान भएका केटा साथीबाट बलात्कृत भएकी हुन्।  

हैदरावादको प्रशान्त फिल्म हलमा फेसबुकबाट चिनजान भएका केटा साथीसँग फिल्म हेर्न पुगेकी १९ वर्षीया ती युवतीलाई ‘पद्मावत’ चलिरहेको समयमा हलभित्रै २३ वर्षीय केटा साथीले बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
कक्षा १२ मा अध्ययनरत पीडित युवतीले प्रहरीसँग बलात्कारको समयमा फिल्म हलका अधिकांश सिटहरु खाली रहेको बताएकी छन्। फेसबुकबाट साथी बनेका उनीहरुको पहिलो भेट २९ जनवरीमा स्वाती होटलमा भएको थियो। दोस्रो भेटमा उनीहरु इन्दिरा पार्क घुमेर फिल्म हेर्न गएका थिए।

घटनापछि पीडितको उजुरीका आधारमा प्रहरीले अभियुक्तलाई गिरफ्तार गरेर जबरजस्तीकरणी मुद्दामा कारवाही अघि बढाएको छ। प्रहरीले सिनेमा हल सञ्चालकविरुद्ध पनि कारवाही चलाएको छ।

प्रकाशित: १९ माघ २०७४ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App